८ वैशाख २०८१ शनिबार
राजनीति

लगातार बान्ता भएपछि उपराष्ट्रपति पुन अस्पताल भर्ना

तस्बिर सौजन्य: दिनेश श्रेष्ठ

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थमा समस्या आएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन्। लगातार बान्ता भएपछि आइतबार राती उनलाई अस्पताल भर्ना गरिएको थियो।

उपराष्ट्रपति पुनका नीजि चिकित्सक डा. शिवजी सिलवालका अनुसार रिंगटा लाग्ने, बान्ता हुने, ज्वरो आउने समस्या देखिएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको हो। पुनको तीन दिन देखि बान्ता रोकिएको थिएन। डा. सिलवाका अनुसार पुनको शरिरमा सोडियमको मात्र कम देखिएको छ। लिभर इन्जाइम र पानीको मात्र समेत कम भएको उनले बताए।

स्वास्थमा क्रमिक सुधार भएको बताउँदै डा. सिलवालले भने, 'अबको १२ घण्टाको अवस्था हेरेर अरु निर्णय लिन्छौं।'

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनलाई भेटेर स्वास्थअवस्थाबारे जानकारी लिएका छन्।

 

प्रकाशित: १६ फाल्गुन २०७३ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App