२९ असार २०७७ सोमबार
राजनीति

संविधान संशोधन प्रस्ताव पास हुँदैन: नेता खनाल

बारा- नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव संसदबाट कुनै पनि हालतमा पास नहुने ठोकुवा गरेका छन्।

बाराको गढीमाई नगरपालिकको छातापिपरामा क्षेत्र नं. ४ को क्षेत्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै खनालले प्रक्रिया नपुर्‍याएर संविधान संशोधन गर्न लागिएकोले त्यो संशोधन प्रस्ताव एमालेले पास हुन नदिने ठोकुवा गरेका हुन।

संविधान जारी भएपछि पहिलो पटक संविधान संशोधन गर्दा यसमा सबै जाती धर्म र समुदायको माग पूरा हुने विश्वास गरिएपनि अहिलेपनि संविधान संशोधन गर्न तिर लाग्नु देश हितमा नभएको उनले बताए।

पहिला जुन जाति र समुदायलाई सन्तुष्टी गर्नको लागि संविधान संशोधन गरिएको थियो। अहिले पनि ती जाति र समुदायले संविधान प्रति असन्तुष्ट भएर आन्दोलन गरिरहेको अवस्थामा दोश्रो पटक संविधान संशोधन गर्न नहुने खनालले बताए।

संविधान संशोधन गर्नको लागि संविधानबाट निर्धारण गरिएका विभिन्न राज्यबाट चुनिएर आउने राज्यसभा सदस्यहरुले पहिला राज्य सभाबाट संशोधन प्रस्ताव पास गराएपछि मात्र त्यो संशोधन प्रस्ताव प्रतिनिधि सभाबाट नियम सम्मत संविधान संशोधन गर्नु पर्ने मान्यताको विपरित अहिले संविधान संशोधनको गृहकार्य भइरहेको र यस किसिमको कार्य कुनै पनि हालतमा एमालेलाई स्वीकार्य नहुने खनालले बताए।

सो कार्यक्रममा एमालेका नेता एवं पूर्व युवा तथा खेलकूद मन्त्री पुरुषोत्तम पौडेल, विचारी यादव, नेतृ नेजमा खातुन लगायतकाले यस क्षेत्रमा संविधान प्रति बढेको असन्तुष्टीलाई समयमै सम्बोधन गर्नका लागि एमालेको नेतृत्वलाई आग्रह गरेका छन्।

 

प्रकाशित: १४ फाल्गुन २०७३ १८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App