coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लेखेर राख्नुस्, संशोधन पारित हुँदैनः नेता महासेठ

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री रघुवीर महासेठले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्। 

‘हाम्रो पार्टी भाषाको सवालमा संविधानले व्यवस्था गरेकोभन्दा बाहेक अरु कुरा मान्दैन्,’ उनले भने, ‘नागरिकताको विषयमा पनि हामी लचिलो बन्दैनौं।’

मोर्चाले परिमार्जनसहित प्रस्ताव पारित गर्नुपर्ने माग राखेको र सरकारले सके हुबहु नसके परिमार्जनसहित प्रस्ताव पारित गर्ने भनिरहेको बताउँदै नेता महासेठले भने उक्त प्रस्ताव कुनै पनि हालतमा पारित नहुने ठोकुवा गरेका हुन्। 

‘यो प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन, लेखेर राख्नुहोस्,’ उनले भने। मधेशी मोर्चाले भनेजस्तो भाषाको विषयमा संंशोधन हुनै नसक्ने ठोकुवा उनले गरे। 

‘हाम्रो पार्टी भाषाको सवालमा संविधानले व्यवस्था गरेकोभन्दा बाहेक अरु कुरा मान्दैन्,’ उनले भने, ‘नागरिकताको विषयमा पनि हामी लचिलो बन्दैनौं।’

एमालेले बिहीबार सदनमा संशोधन प्रस्तावलाई छलफल गर्न दिने तर मोर्चाले यसपछि कस्तो प्रतिक्रिया दिने हो त्यो हेरेरमात्रै के गर्ने भन्नेबारे निर्णय लिइने बताए। मोर्चाले आफ्नो कुरा दिनदिनै फेरिरहेकोसमेत उनको आरोप छ । 

‘पहिले मोर्चाले प्रस्ताव टेबुल भएमात्रै हुन्छ, हामी मान्छौं भनेको थियो,’ उनले भने, ‘प्रस्ताव टेबुल भएपछि पारित गर्नुपर्छ भनिरहेको छ।’ 

उनले सरकारले चुनावको मिति घोषणा गरिसकेकोले अब चुनाव कसैले पनि रोक्न नसक्ने समेत ठोकुवा गरे। 

निर्वाचन आयोगले समेत निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकोले सबै दलहरु मिलेर चुनावलाई सफल बनाउनतिर लाग्नुपर्ने उनको भनाई छ । 

उनले चुनाव नभए सबैभन्दा बढी घाटा काँग्रेस, माओवादी केन्द्र र एमालेलाई नै हुनेतर्फ समेत सचेत गराए। 

महासेठले मधेशी जनता चुनावको पक्षमा रहेकोसमेत बताए। 

 

प्रकाशित: १२ फाल्गुन २०७३ १०:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App