१६ चैत्र २०८० शुक्रबार
राजनीति

माओवादी पीडितले मनाए शोक दिवस

काठमाडौं- माओवादीले 'जनयुद्ध' दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन्। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन्। नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रूपमा मनाएका हुन्।

पीडितले सिंहदरबार दक्षिण गेटमा दुई घन्टा धर्ना दिँदै न्याय दिन मागेका थिए। अमर प्रहरी सहिद परिवारसँग मिलेर नेपाली कांग्रेसनिकट पीडितले यस्तो कार्यक्रम गरेका हुन्। 

धर्नापछि उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर १२ बँुदे ज्ञापनपत्र बुझाए।  सरकार, राजनीतिक दल, नागरिक समाज, अधिकारवादी संघसंस्था, सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलगायतको ध्यानाकर्षण गराउँदै १२ बुँदे ज्ञापनपत्र बुझाइएको पीडितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

द्वन्द्वसँग सरोकार नभएका व्यक्ति पनि पीडित बनेको, दण्डहीनता र कानुन हातमा लिने प्रचलन विकास भएको, पीडक पुरस्कृत र पीडित दण्डित हुने उल्टो चक्र बीजारोपण भएको विज्ञप्तिमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै

सभापति देउवाले सबै पीडितले न्याय पाउनेमा आफू ढुक्क भएको बताए। न्याय दिनकै लागि गठन भएका सत्यनिरुपण र बेपत्ता छानबिन आयोगले सर्वोच्चको आदेशअनुसार ऐन संशोधन भएपछि तीव्र गतिमा पीडितका पक्षमा काम गर्ने आवश्वास देउवाले उनीहरूलाई दिएका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App