काठमाडौं—नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गरेका छन्।
डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन उनी गए राति ८:३० को ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्।
नेता पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनमा सहभागी हुनेछन्। साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममासमेत भाग लिने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले राससलाई जानकारी दिए। उनी फागुन ८ गते स्वदेश फर्किनेछन्। रासस
प्रकाशित: २७ माघ २०७३ ०३:३८ बिहीबार