१६ चैत्र २०८० शुक्रबार
राजनीति

संशोधन नभए निर्वाचनमा भाग लिँदैनौ: अध्यक्ष गच्छदार

लहान-मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित नभएसम्म आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताएका छन्।

सिरहाको गोलबजारमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नहुन्जेलसम्म निर्वाचन हुनै नसक्ने र भए पनि आफ्नो पार्टीले निर्वाचनमा भाग नलिने बताए।

सरकार संविधान संशोधन नगरी हावाको भरमा चुनावको घोषणा गर्न लागेको बताउँदै उनले यथास्थितिमा सार्थक निर्वाचन सम्भव नहुने दाबीसमेत गरे।

मुलुकको अवस्था अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका कारण विकाससमेत अवरुद्ध भएको बताउँदै पूर्व उपप्रधानमन्त्री गच्छदारले ठूला दलका नेताहरु देशको समस्याप्रति गम्भीर हुन नसकेको आरोपसमेत लगाए।

संविधानसभामार्फत जनपक्षीय संविधान बनाउने जनताको चाहना अझै पनि पूरा हुन नसकेको गुनासो गर्दै उनले भने –“संविधान त बनेको छ तर, त्यो मधेसी, जनजाति, थारुलगायतलाई स्वीकार्य छैन, यसलाई आवश्यक परिमार्जनसहित संशोधन गर्नुपर्छ।” परिमार्जनसहित संविधान संशोधन भएपछि मात्र निर्वाचनको वातावरण बन्ने उनको भनाइ थियो।  रासस
 

 

प्रकाशित: २२ माघ २०७३ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App