coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति भण्डारीले दिइन् भूकम्प पीडितलाई सान्त्वना

लमजुङ(मकैडाँडा सारिङ)- राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवर्ष अघिको विनाशकारी भूकम्पले निम्त्याएको भौतिक तथा मानवीय क्षतिको अवस्था स्मरण गर्दै यहाँका भूकम्प पीडितलाई सान्त्वना दिईन्।

बेसीशहर नगरपालिका १३ मकैडाँडा सारिङ स्थित गंगामिलन माविको शनिबार स्वर्णजयन्ती उद्घाटन गर्दै भूकम्प पीडितलाई सान्त्वना दिएकी हुन्। विद्यालयले आयोजना गरेको स्वर्णजयन्ती समारोहमा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै विनासकारी भूकम्पले मानवीय क्षति सँगै ठूलो मात्रमा पुर्‍याएको जनधनको क्षतिप्रति आफुपनि दुःखी भएको बताईन्। भूकम्पको क्षतिका कारण सर्वसाधारण अहिले पनि अस्थायी टहरामा कष्टकर जीवन विताई रहेकाले यथाशिघ्र पुनःनिर्माणको कार्य थाल्ने प्रति सम्बन्धित निकायले चासो दिनुपर्नेमा जोड दिईन्।

करिब १० मिनेटको सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले देशको आर्थिक विकास आजको प्रमुख आवश्यकता भएको र त्यो गुणस्तरीय शिक्षाबाट मात्रै सम्भव हुने भएकाले सरोकारवालाहरु जिम्मेवार हुन आग्रह गरिन्। ‘देशको माटो सुहाउँदो शिक्षा नीति र पाठ्यक्रम आवश्यक छ’ भण्डारीले भनिन् ‘देशको समृद्धि शिक्षाविना संभव छैन।’ उनले थपिन्, ‘आर्थिक विकासका लागि गुणस्तरीय शिक्षा चाहिन्छ, जुन शिक्षाले हाम्रो देशको कृषि, पर्यटन, जलस्रोत र बनजंगललाई उपयोग गरेर समृद्धि ल्याउन सकोस्।’

 उनले शैक्षिक विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक देखि शिक्षा कार्यालय लगायत सबै पक्ष गम्भिर भएर लाग्नुपर्ने बताउँदै स्वर्णजयन्तीका अवसरमा शुभकामना समेत व्यक्त गरिन्।

दिउँसो साँढे २ बजे मकैडाँडा आईपुगेकी भण्डारी करिब १ घण्टा कार्यक्रममा बसेर दक्षिण एशियाकै नमूनागाउँ जिल्लाकै ग्रामिण पर्यटकीय घलेगाउँ तर्फ उडेकी थिईन्। भण्डारीले घलेगाउँमा ग्रामिण पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पर्यटन संग्रहालयको उद्घाटन गरेको ग्रामिण पर्यटन विकास समितिका सचिव उमलबहादुर विकले टेलिफोनमा बताए। संग्रहालयको उद्घाटन गर्दै त्यहाँ लमजुङ जिल्ला पर्यटकीय संभावनाले भरिपूर्ण भएको र त्यसमा पनि ग्रामिण पर्यटन र होमस्टेको क्षेत्रमा नमूना कार्य भईरहेकोमा यसलाई निरन्तरता दिन आग्रह गरेको पनि विकले बताए। उनका अनुसार, घलेगाउँमा दलित समुदायले पनि होमस्टे सञ्चालन गरेको थाहा पाएर निकै खुशी लागेको बताउँदै सामाजिक र साँस्कृतिक परिवर्तनका लागि कोसेढुंगा हुने उनले बताईन्।

प्रकाशित: २२ माघ २०७३ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App