७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधन नगरी चुनावमा गए आन्दोलन आन्दोलनः अध्यक्ष यादव

इटहरी– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निरङ्कुश ढंगले अघि बढेको आरोप लगाएका छन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले संविधान संशोधनलाई छाडेर निरङ्कुश ढङ्गले निर्वाचन गर्न लगाएको आरोप लगाएका हुन्।

‘वर्तमान पुष्पकमल दाहाल नेतृत्व सरकार निरङ्कुश प्रद्दतीको रुपमा अघि बढेको छ,’ सुनसरी सदरमुकाम इनरुवामा बिहीबार संघीय समाजवादी फोरम नेपाल सुनसरी जिल्लाको प्रथम एकता अधिवेशन सम्बोधन गर्दै अध्यक्ष यादवले भने। दाहाल नेतृत्वको सरकारले संविधानमा मधेशी, आदिवासी, जनजाति, मुस्लिमलगायतका समुदायको हक–अधिकार सुरक्षित नगरेको र संशोधनमार्फत संविधान कार्यान्वयन गरी अधिकार प्रत्याभूति नगरी अघि बढेको यादवले बताए।

‘नयाँ संविधान हामीलाई मान्य छैन, त्यसैले पुनर्लेखन हुनुपर्छ,’ उनले भने, ‘संविधान संसोधन गरेर स्थानीय निकायलगायत तीन तहकै निर्वाचन जनसंख्याको अधारमा हुनुपर्छ।’  संविधान संशोधन नगरी निर्वाचनमा गए सरकारबिरुद्ध ठूलो आन्दोलन हुने उनले चेतावनी दिए।

यादवले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीलगायतका दलहरुले  ल्याएको नयाँ संविधान विभेदकारी भएको आरोप लगाए।

कार्यक्रममा फोरम नेपालका बरिष्ठ उपाध्यक्ष युवराज कार्कीले नयाँ संविधान एकल जातिवादी भएकोले पहाडी, हिमाली र मधेशीलगायत उत्पीडित समुदायलाई मान्य नहुने बताएका छन्।

प्रकाशित: २० माघ २०७३ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App