१६ चैत्र २०८० शुक्रबार
राजनीति

विराटनगरलाई महानगरपालिका बनाउन माग

संसदमा सम्बोधन गर्दै मोरङ-१ का सांसद पोखरेल

काठमाडौं— स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनमा विराटनगर महानगरपालिकामा नपरेको भन्दै सांसद ऋषिकेश पोखरेलले आपत्ति जनाएका छन्। आइबारको संसद बैठकमा बोल्दै मोरङका सांसद पोखरेलले चक्रपथलाई आधार मानेर विराटनगरलाई महानगरपालिका बनाउनु पर्ने बताए।

म सरकारलाई आग्रह गर्न चाहन्छुः विराटनगरका हकमा आयोगले सिफारिश गरेको सिफारिश पुनरावलोकन गरी पूर्वको केन्द्र विराटनगर र चक्रपथ आधारित महानगरपालिका घोषणा गरिपाउँ', सांसद पोखरेलले भने।

जनतालाई अधिकार सम्पन्न पार्नेगरी नयाँ संविधान जारी भए पनि यो निर्णय बद्‌नियतपूर्ण भएको उनको भनाइ थियो। मोरङबासी जनता दर्जनौं पटक राजनीतिक नेतृत्व तथा अायाेगमा पुगेकाे उल्लेख गर्दै उनले भने, 'विराटनगरलाई महानगरपालिका बन्नबाट रोक्ने को हो? यो सार्वजनिक हुन जरुरी छ', एमाले सांसद पोखरेलले भने।

महाभारत कथाको केन्द्र, विराट राजाको राजधानी, नेपालको औद्योगिक सहर विराटनगर महानगरपालिका बन्न सक्षम रहेको भन्दै उनले थपे, 'नेपालको दोस्रो सहर विराटनगर, निरंकुशताविरुद्ध राजनीतिक नेतृत्व गर्ने विराटनगर जसले यो देशलाई वीपी, गिरिजाप्रसाद कोइराला दियो। के कांग्रेसले त्यस्तो विराटनगरलाई महानगरपालिका बनाउन नचाहेकै हो?'

कांग्रेस र मधेसवादी दललाई लक्ष्यित गर्दै उनले जनताले देख्ने र बुझ्नेगरी भूमिका निर्वाह गर्न अाग्रह गरे।

विराटनगरलाई पूर्वको केन्द्र र महानगरपालिका बनाउने विषयमा कांग्रेस र मधेसवादी दलले धारणा स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। 'म सरकारलाई आग्रह गर्न चाहन्छुः विराटनगरका हकमा आयोगले सिफारिश गरेको सिफारिश पुनरावलोकन गरी पूर्वको केन्द्र विराटनगर र चक्रपथ आधारित महानगरपालिका घोषणा गरिपाउँ', सांसद पोखरेलले भने।

विराटनगर उपमहानगरपालिकाको उत्तरस्थित टंकिशिनिवरी गाविसमा अधिकांश उद्योगधन्दा अवस्थित छन्। चक्रपथ आधारित महानगरपालिका घोषणा गर्दा सो क्षेत्र समेट्नुपर्ने हुन्छ। महानगरपालिकाभित्र करको दर गाविसभन्दा बढी हुने भएकाले त्यहाँस्थित उद्योगपतिले कांग्रेस नेता शेखर कोइराला सहितलाई प्रभावमा पारेर विराटनगरलाई महानगरपालिका प्रस्ताव गर्न रोकिएको चर्चा भइरहेका बेला संसदमा यो विषय उठेको हो।

विराटनगरलाई महानगरपालिका बनाए एक नम्बर प्रदेशको राजधानी बनाउन दवाब पर्ने हुन्छ। धनकुटा वा इटहरीलाई पूर्वको केन्द्र बनाउँदा मधेसवादी दलहरुको पहाडविरुद्धको राजनीति जागृत रहने तर विराटनगर केन्द्र हुँदा त्यो अवसर नरहने स्थितिका कारण पनि विराटनगर महानगरपालिका बनाउने एजेन्डा मधेसवादीले नेताले छोडेको बताइन्छ।

प्रकाशित: १० माघ २०७३ ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App