coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

पोखरा-एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे अप्रिय स्थिती आउने उनले चेतावनी दिए ।

‘पास हुने नै अवस्था आए भोटसोट छाडेर आन्दोलनमा जानेछौ,’ उनले भने, ‘कुनैपनि हालतमा पास हुँदैन । सरकारले पास गर्नका लागि कमजोर त्यान्द्रा समातेर पार लगाउन खोजेको छ । त्यो सम्भव छैन ।’

एमालेको केन्द्रीय मोर्चा संगठनको आइतबारदेखि सुरु राष्ट्रिय भेलामा बोल्दै ‘एकपार्टी एक व्यक्ति र एक मन्त्रालय दिएर भोट हाल्न लगाएपनि सम्भव नरहेको’ उनले बताए । उनले पेस भएको विधेयकमा परिमार्जन समेत गर्न नसकिने बताए । ‘बोक्रो, गुदी फेरेर हुँदैन, अब प्रस्ताव फिर्ता लिनुको विकल्प छैन,’ ओलीले भने ।

ओलीले सरकारले ल्याएको चारबुँदे प्रस्ताव जनतालाई सेवा, सुविधा, अधिकार दिन नभई कमजोर पार्नका लागि भएको पनि बताए । ‘देशको हितको पक्षमा रहेको सरकार हटाएर अहित गर्नका लागि अहिलेको सरकार बनेको हो,’ उनले भने, ‘एकताका लागि पहाड र तराई अलग गर्नुपर्छ भनेर सरकारले भन्छ, तर, यो सबै भ्रम मात्र हो ।’

प्रकाशित: ९ माघ २०७३ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App