२६ असार २०७७ शुक्रबार
राजनीति

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् ४३ सदस्यीय

नव नियुक्त मन्त्रीद्वय प्रेमबहादुर सिंह र कुमार खड्कालाइ सपथ खुवाउँदै राष्ट्रपति विद्यादेवी भन्डारी।

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन्।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उनीहरुलाई शपथ ग्रहण गराइएको हो ।

प्रधानमन्त्री दाहालले मौजुदा मन्त्रिमण्डल विस्तार गर्दै सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएका छन्।

गत साउन २० गते गठन भएको मन्त्रिमण्डलमा सिंह र खड्का थपिएपछि मन्त्रिमण्डल सदस्यको सङ्ख्या अब ४३ पुगेको छ ।  नवनियुक्त मन्त्री सिंह समाजवादी जनता दल र खड्का अखण्ड नेपाल पार्टीबाट व्यवस्थापिका–संसद्को सदस्य  हुन्। सिंह यसअघि पनि मन्त्री भइसकेका छन् भने खड्का मन्त्रिपरिषद्मा नयाँ हुन्। रासस

प्रकाशित: ६ माघ २०७३ १५:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App