८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मिटरब्याज पीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जान्छौं: राजेन्द्र लिङदेन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले मिटरब्याज पीडितहरुको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरुमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको उल्लेख गर्दै निन्दा र भत्सर्ना समेत गरे।  

गरिव र निमुखा ती मानिसहरुमाथि किन आक्रमण गर्नु परेको भनि सरकारलाई अध्यक्ष लिङदेनले प्रश्न समेत गरे। उनले सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरुमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको बताए।

अध्यक्ष लिङदेनले भने, ‘देशमा कसैले पनि अन्यायमा पर्नु पर्दैन। कसैले पनि हेपिनु पर्दैन। राज्य अभिभावक छ भनेर राज्य अभिभावकको रुपमा उभिनुपर्नेमा न्यायको माग गर्दै आएका मिटरब्याज पीडितहरुलाई सरकारले हिजो जुन निर्मम ढंगले आक्रमण गरेको छ। त्यसको म निन्दा र भत्सर्ना गर्न चाहन्छु। यतिबेला ती निमुखा मानिसहरुमाथि आक्रमण भएको छ। जुन बेला यस्तो सरकार छ। जसले समाजमा गरिवहरुको अथवा सर्वहारावर्गको अधिनायकत्व स्थापना हुनेछ, स्थापना गर्नेछौं भनेर सपना बाँढेको थियो। त्यो सपना बाँडने पार्टी र उसको नेतृत्वमा अहिले सरकार छ। तर यति नै यो गरिव र निमुखामाथि राज्यले किन बर्बर आक्रमण किन भईरहेको छ? हामी भन्न चाहन्छौंकि सरकारले मिटरब्याज पीडितहरु र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरु जो पुनस्थापनाको काम गरिराखेका छन। उनीहरुको मागलाई सरकारले समयमै सम्बोधन गरोस्। अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरुको साथमा सडक संघर्षमा जाने घोषणा समेत गर्न चाहन्छु।’

अध्यक्ष लिङदनले पीडित पक्षको अभिभावकीय भूमिकामा सरकार नरहेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

प्रकाशित: ५ वैशाख २०८० ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App