७ वैशाख २०८१ शुक्रबार
राजनीति

थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध

भगिश्वर लिम्बु

तेह्रथुम- बिभिन्न समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुम मार्फत उजुरी दिने पीडित परिवारहरुलाई बेपत्ता छानबिन आयोगले थप प्रमाण पेश गर्न अनुरोध गरेको छ।

स्थानीय शान्ति समिति मार्फत आफन्त बेपत्ता भएको भन्दै २० जनाले उजुरी दिए पछि बेपत्ता छानबिन आयोगले पीडित परिवारका सदस्यहरुलाई पत्रचार गरेरै आफन्त बेपत्ता भएको भए थप प्रमाण पेश गर्न अनुरोध गरेको हो।

आयोगले थप प्रमाण मागे पछि आईतबार सम्ममा आधादर्जन पीडित परिवारले आफु संग भएको प्रमाण पेश गरेको स्थानीय शान्ति समिति तेह्रथुमका सचिब तुलसीराम रिमालले बताए। उनका अनुसार यस अघि स्थानीय शान्ति समिति तेह्रथुममा उजुरी दिने परिवारलाई आयोगले पत्र पठाएरै थप प्रमाण पेश गर्न अनुरोध गरेको हो।

विभिन्न समयमा जिल्लाबाट बेपत्ता हुनेहरु मोराहाङ बस्ने बर्ष २४ की नरमाया बिश्वकर्मा, ह्वाकु बस्ने बर्ष १६ का पासाङ्ग दावा शेर्पा, पौठाक बस्ने बर्ष २३ का प्रकाश कुमार दाहाल र बर्ष २४ का प्रेम प्रकाश ढकाल, म्याङलुङ नपा बस्ने बर्ष २० का प्रकाश घिसिङ, बर्ष ३० का मान बहादुर बुढाथोकी, बर्ष ४७ का राम प्रसाद फुदोङ,बर्ष १७ का काशिराम गुरागाई र देवि रमण निरौला रहेका छन्।

यस्तै बिभिन्न समयमा बेपत्ता हुनेहरुमा ईवा बस्ने बर्ष २२ का भवानी प्रशाद उप्रेती,जलजले बस्ने भिम कुमारी बिक,सिम्ले बस्ने बर्ष २० का महानन्द लिम्बु, मोराहाङ बस्ने महेन्द्र बहादुर भुजेल, श्रीजुङ बस्ने बर्ष १८ का राम कुमार लिम्बु र सुरेश लिम्बु, पिप्ले बस्ने बिष्णुभक्त गड्तौला रहेको स्थानीय शान्ति समिति तेह्रथुमले जनाएको छ ।

 

प्रकाशित: २ माघ २०७३ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App