coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री

काठमाडाैं-प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार पुनः मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

आज शुक्रबार हुने मन्त्रिपरिषद् विस्तारमा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपाल पार्टीका कुमार खडकालगायत पर्दैछन् ।

प्रधानमन्त्री दाहालले दुबै नेतालाई फोन गरेर सपथका लागि निम्त्याएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले फोन गरेर मन्त्री परिषदमा नियुक्त हुन लागेको जानकारी दिनु भएको छ,’ सिंहले नागरिकन्युजसँग भने, ‘भयो भने आजै सपथ गराउने उहाँको भनाई आएको छ ।’

उनका अनुसार सिंहलाई खानेपानी तथा सरसफाई मन्त्री दिइनेछ ।

उता, खडकालाई कुन मन्त्रालय दिने टुंगो नलागे पनि विज्ञान प्रविधि र पशु पंक्षी मन्त्रालय मध्ये कुनै एक दिने निर्णय भए पनि अझै टुंगो लागिसकेको छैन । प्रधानमन्त्री दाहालले अन्य केही मन्त्री थप्ने तयारीमा रहेकाे भएपनि नाम भने खुलेको छैन ।

प्रकाशित: २९ पुस २०७३ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App