coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

छिमेकी देशहरुका कारण बढेको अपराधबारे नेपालले वार्ता गर्ने

काठमाडौं – इन्टरपाेलकाे एशिया सम्मेलनमा नेपालले मानव बेचबिखन तथा ओसारपसार, वन्यजन्तुसम्बन्धी अपराध, लागुऔषधको कारोबार र अन्तरदेशीय आर्थिक तथा संगठित अपराध तथा चर्चामा रहेका प्रविधिजन्य अपराधलाई मुख्य एजेण्डाका रुपमा सम्मेलनमा राख्ने तयारी गरेको छ। यस्तै छिमेकी देशहरुका कारण नेपालमा बढेको र भइरहेका अपराधको रोकथामका बिषयमा द्धिपक्षीय र एकल वार्तासमेत गर्ने तयारी नेपालले गरेको हो।

एशिया प्रान्तमा रहेका इन्टरपोल सदस्य राष्ट्रहरुको सम्मेलनमा नेपालले आफ्ना एजेण्डा जोडतोडका साथ राख्ने तयरी गरेको हो। नेपाल प्रहरीले २७ वर्षपछि इन्टरपोलको एशिया क्षेत्रीय सम्मेलन आयोजना गर्न लागेको हो। काठमाडौँको ह्यात होटलमा आगामी माघ ५ गतेदेखि ७ गतेसम्म इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन हुनेछ। नेपालले इन्टरपोलको १०औं एशिया क्षेत्रीय भेला आयोजना गरेको थियो।

सम्मेलनका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अपराध अनुसन्धान विभाग(सीआईडी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले भारत र चिनका नागरिक र भूमिबाट भइरहेका अपराध नियन्त्रणको बिषय प्राथमिकतामा रहेको जानकारी दिए । उनले सम्मेलनमा भारत र चीनबाट आउने अधिकारीसँग नेपालले एकल र द्धिपक्षीय वार्तागर्ने बताए । सम्मेलनमा मानव बेचविखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरु, आतंकवाद, साइबर अपराध, वन्यजन्तु सम्बन्धी अपराधका विषयमा छलफल हुनेछ।  

एआईजी शर्माले नेपालबाट अपराध गरी फरार रहेका अभियुक्त र नेपालमा रहेका अन्तर्राष्ट्रिय अभियुक्तलाई सुपदर्गी गर्न मौजुदा कानुनमै सुविधा र सहमती खोज्ने प्रयास सम्मेलनमा हुनेछ। यस्तै अन्र्तदेशीय अपराध र प्रविधिजन्य अपराधको रोकथाम, नियन्त्रण र प्रभावकारी अनुसन्धानका लागि आवश्यक सहयोग र सहकार्यका लागि सम्मेलन फलदायी हुने बताए।

विभिन्न ५२ सदस्य ब्युरो र ३ सहायक–व्युरो गरी ५५ मुलुकका करीव २ सय ५० जना भन्दा धेरै कानुन कार्यान्वयन निकायका उच्च अधिकृतहरु सम्मेलनमा सहभागी हुनेछन्। यस्तै दुई महिनाअघि मात्र इन्डोनेशियामा सम्मपन्न महासभाबाट चयन भएका इन्टरपोल अध्यक्ष मेङ हङवेईलाई पहिलो पटक नेपालले स्वागत गर्न पाउनेछ।

प्रकाशित: २८ पुस २०७३ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App