coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन बिदा माग

काठमाडौँ– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ।

व्यवस्थापिका–संसद्मा आजको शून्य समयमा भाग लिँदै नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे।

स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म विसं १७७९ पुस २७ गते भएको थियो ।

बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, दू्रतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेका थिए।

बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले भाग लिएका थिए। रासस

प्रकाशित: २६ पुस २०७३ ०८:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App