१६ चैत्र २०८० शुक्रबार
राजनीति

संशोधन विधेयक टेबल गरी गाईजात्रा देखाइयो: चित्र बहादुर केसी

भक्तपुर- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले बर्तमान सरकारले संशोधन विधेयक टेबल गरी गाईजात्रा देखाएको आरोप लगाएका छन्। प्रतिपक्षको बिरोधकामाझ संशोधन विधेयक टेबल गरेर संसदको मर्यादा बिपरित सरकार गएको उनको आरोप छ।

रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा गरेको साक्षात्कारमा केसीले स्थानीय तहको निर्वाचनको विधेयक ल्याउने अवस्थामा लोकमानको मुद्दा र संशोधन प्रस्ताव ल्याएर अल्झाउने काम भएको बताए। सत्ता र शक्तिका लागि छिमेकीकोभरमै निर्भर हुने अवस्था छाडी समयमै युद्धस्तरमा स्थानीय निर्वाचनको तयारी गर्नुपर्ने उनको जोड छ। स्थानीय निकायको निर्वाचन नभए लोकतन्त्र र गणतन्त्र समाप्त हुने उको भनाई छ।

लोकमानविरुद्धको महाअभियोग अड्काएर राख्न महिनौं मिल्ने तर सांसदहरुको तलब बढाउने काम दुई घण्टामै सक्नेहरुले भारतको आदेश नआएसम्म आफ्नो विवेकले काम नगर्ने उनले बताए। उनले नेपालको तराई क्षेत्रको भु–भाग भारतले आफ्नो कब्जामा पार्ने रणनीति संघियताबाटै सम्भव रहेकोसमेत बताए।

मधेसी मोर्चा आफ्नो विवेकले भन्दा पनि भारतको आदेश पालना गर्ने तर्फ लागेको आरोप लगाउँदै उनले पाँच नम्बर प्रदेशलाई टुक्राएर पहाड र तराईबीचको फाटो ल्याउने र अन्ततः भारतको योजना अनुसार भारतको कब्जामा लैजाने रणनीति भएको आरोप लगाए।

 

 

प्रकाशित: २६ पुस २०७३ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App