१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमाले संघीयताको विरोध गर्न चाहन्छः बादल

नेकपा माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलनलाई सम्बोध गर्दै बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’। तस्बिरः शंकर श्रेष्ठ

धादिङ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमाले संघीयताको विरुद्धमा लागेको आरोप लगाएका छन् । राष्ट्रियताको आडमा सडकमा ओर्लिएर एमालेले संघीयता खतम पार्न खोजेको आरोप लगाएका हुन् ।

‘एमाले संघीयताको विरुद्धमा छन् । उनीहरु संघियताको विरोध गर्न चाहन्छन् ।’ नेकपा माओवादी केन्द्र धादिङको चौथो जिल्ला सम्मेलन उद्घाटन गर्दै बालदले भने– ‘अहिले जति आयो यो बलजफ्ती आएको हो ।’

अहिले राष्ट्रियताको नाममा सडकमा ओर्लिनु संघीयता र संविधान कार्यान्वयनलाई तगारो हाल्न खोजेको भन्दै संघीयता उनीहरुको एजेन्डा नभएको औल्याए । दलित, जनजाती, महिला, मुस्लिम, सिमान्तकृत समुदायको हकअधिकार सुनिश्चितताको लागि माओवादीले उठाएको एजेण्डा भएको बादलले स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता बादलले देशमा परिवर्तनको लागि माओवादीमा एकता अपरिहार्य रहेको बताएका छन् । माओवादीमा देखिएको फुट र भागबण्डाले जनता अन्यौतमा परेकोले सबै माओवादी एउटै हुनु आवश्यक रहेको बताए ।

जनयुद्धबाट आएको माओवादी र त्यसका नेता–कार्यकर्ता अहिले विभिन्न समूहमा विभाजित हुँदा जनता अलमलमा छन् । उनले भने– ‘माओवादीमा अहिले एकता अपरिहार्य आवश्यकता हो ।’ एकता विना देशमा कुनै काम सम्भव नभएको उनले दावी गरे ।

विभिन्न समूहमा विभाजित कम्युनिष्ट घटकहरुलाई एकिकृत गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा एनेकपा माओवादी केन्द्र अघि बढेको बताए । नेता बादलले संघियता, संविधान कार्यान्वयन र नेपाललाई विकसित ढंगले अघि बढाउन अझै नेपालमा रहेका राजनीतिक पार्टीहरुबीच सहमति र सहकार्य आवश्यक रहेको औल्याए ।

 

प्रकाशित: २३ पुस २०७३ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App