१६ चैत्र २०८० शुक्रबार
राजनीति

आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने सरकारको तयारी

फाइल तस्बिर ।

काठमाडौं–सरकारले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरेको छ। सो विषयमा शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताबीच अनौपचारिक छलफल भएको छ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग टेलिफोन वार्ता गरेका छन्। टेलिफोन वार्तामा प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले आइतबार बस्ने संसद बैठकमा संशोधन प्रस्ताव पेश गर्ने बताएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए।

शनिबार नै तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग अनौपचारिक छलफल गरेका छन्।  स्रोतका अनुसार शुक्रबार एमालेले राजधानीमा गरेको शक्ति प्रदर्शनपछि सत्तापक्षको तयारीका विषयमा मधेसी मोर्चाले सरकार र सत्तापक्षको धारणाबारे जानकारी लिएका थिए। प्रधानमन्त्रीले आइतबार बस्ने संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेबल गर्ने बताएका थिए।

प्रकाशित: २३ पुस २०७३ ०८:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App