७ वैशाख २०८१ शुक्रबार
राजनीति

पाँच दलका शीर्ष नेतालाई राष्ट्रपतिको निम्तो

काठमाडौं– मुलुकमा राजनीतिक गतिरोध लम्बिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख पाँच दलका शीर्ष नेतालाई छलफलकालागि शितल निवास बोलाएकी छन्। राष्ट्रपतिले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेतालाई राष्ट्रपति भवन शितल निवास बोलाइकी हुन्।

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावपछि मुलुकको राजनीति दुई ध्रवमा विभाजित बनेको छ। प्रमुख प्रतिपक्षसहित नौ विपक्षी दल संशोधन प्रस्ताव फिर्ता दिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएको छ भने सत्तापक्ष संशोधन प्रस्ताव फिर्ता नलिने अडानमा छ। 

दलहरु आ–आफ्नै अडानमा रहँदा राष्ट्रपतिले छलफलका लागि बोलाइकी हुन्। राष्ट्रपतिले पाँच दलका शीर्ष नेतालाई आज पाँच बजे शितल निवास बोलाएकी हुन्। कांग्रेस–माओवादी संशोधन प्रस्तावको पक्षमा छन् भने राप्रपाले यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताएको छ। फोरम लोकतान्त्रिक भने पक्ष वा विपक्षमा खुलेको छैन। फोरम लोकतान्त्रिकलाई आफ्नो पक्षमा ल्याउन सत्ता पक्ष र प्रतिपक्ष लागिपरेका छन्।

प्रकाशित: २१ पुस २०७३ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App