१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्रीको युएई भ्रमण तयारी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले माघ पहिलो साता युनाइटेड अरब इमिरेट्स (युएई) को औपचारिक भ्रमण गर्ने भएका छन्। 'वर्ल्ड फ्युचर इनर्जी समिट' मा सहभागी हुन युएईबाट निमन्त्रणा आएपछि उनले त्यसतर्फ जाने मनस्थिति बनाएका हुन्।

'युएईको अबुधाबीमा हुने ऊर्जासम्बन्धी शिखर सम्मेलनमा प्रधानमन्त्री सहभागी हुने तयारी भइरहेको छ,' परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'राजनीतिक गतिरोध केही दिनभित्रै अन्त्य भए प्रधानमन्त्री माघ १ गते अबुधाबी प्रस्थान गर्नुहुनेछ।'

परराष्ट्रले प्रधानमन्त्री दाहालको चारदिने युएई भ्रमणको तयारी गरिरहेको छ। भ्रमणका बेला उनको युएईका समकक्षीसँग द्विपक्षीय बैठकको तयारी पनि भइरहेको छ। 'प्रधानमन्त्रीज्यूले युएईको भ्रमण गर्ने कुरा चलिरहेको छ। परराष्ट्रले आवश्यक तयारी गरिरहेको छ,' प्रधानमन्त्री दाहालका विदेश मामिला सल्लाहकार ऋषि अधिकारीले भने।

स्रोतका अनुसार भ्रमण भए प्रधानमन्त्री दाहाल दुई दिन उर्जासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा कजकास्तान, नाइजेरियालगायत देशका सरकार प्रमुख तथा विभिन्न देशका ऊर्जामन्त्रीले सहभागी जनाउने छन्। सम्मेलनमा १ सय ५० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुनेछन्।

माघ ३ देखि ६ गतेसम्म चल्ने उक्त सम्मेलनमा नवीकरणीय ऊर्जा र स्वच्छ प्रविधिका क्षेत्रमा छलफल हुनेछ। अघिल्लो वर्षको सम्मेलनमा १ सय ७० देशका ३२ हजार प्रतिनिधि सहभागी थिए।

प्रकाशित: २१ पुस २०७३ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App