coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छः नेपाल

काठमाडौं–एमाले नेता मावध नेपालले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन्। निर्वाचनको मिति घोषणा गर्न ढिला भइसकेको भन्दै नेता नेपालले सरकारले पहिला निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन्।

बुधबार प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘सुशील कोइराला नेतृत्वको सरकारले नै निर्वाचनको मिति घोषणा गर्नुपर्ने थियो,’ उनले भने, ‘त्यसपछि केपी ओली सरकारले पनि निर्वाचनको मिति घोषणा गर्नुपथ्र्यो, त्यो पनि हुन सकेन, अब वर्तमान सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ।’

नेता नेपालले मधेसका जनतालाई सीमाकंनसँग चासो नभएको भन्दै निर्वाचन, विकास र रोजगारीसँग मधेसी जनताको चासो रहेको बताए। ‘अहिले सीमाकंनको नाममा आन्दोलन गर्न दलहरु आन्दोलन गर्न जनता उक्साइरहेका छन,’ उनले भने, ‘तर मधेसका जनतालाई सीमाकंनको चासो छैन, मधेसका जनतालाई विकास र रोजगारी चाहिएको छ।’
उनले आफू पनि मधेसको प्रतिनिधि भएको उल्लेख गर्दै विगतदेखि मधेसमा बसोबास गर्ने मानिस मधेसको नहुने तर, बाहिरबाट आएको मानिस चाँही मधेसको प्रतिनिधि हुने भन्दै आक्रोश व्यक्त गरे।  
 

प्रकाशित: २० पुस २०७३ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App