१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

युवा विदेश जान नपर्ने गरी सरकारले योजना बनाएको छ: उद्योगमन्त्री जोशी

सिन्धुली- उद्योगमन्त्री नबिन्द्रराज जोशीले गाँउगाँउमा उद्यमी उत्पादन गर्न सरकार लागि परेको बताएका छन्। सिन्धुली महोत्सवको समापन गर्न सिन्धुली आएका मन्त्री जोशीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै काँग्रेसले गाँउगाँउमा गएर उद्यमी उत्पादन गर्नलाई सघाउन अनुरोध गरे। 'गाँउगाँउमा उद्यमी बनाउन सके मजदुरी गर्न कोही युवायुवती विदेशीनु पर्दैन', उनले भने,' अबको १० बर्षभित्र कोहि युवा मजदुरीका लागि विदेश जान नपर्ने गरि सरकारले योजना बनाएको छ।

काम कुनै सानो ठूलो नहुने भन्दै कामका आधारमा कसैलाई भेदभाव गर्न नहुने उने प्रष्ट्याए। 'काम गर्ने प्रति सबैले सम्मान गरौ, मजदुरी उद्योगी सबै एकै हुन् सबैलाई सम्मान गर्नुपर्छ', उनले थपे। हाल बन्द रहेको बुटबल धागो उद्योग र वीरगञ्जको चीनि उद्योग खोल्ने तयारी भएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका मन्त्री जोशीले जानकारी दिए।  सिन्धुलीमा संम्भावना हुने जुनसुकै उद्योगञ्चालन गर्न सहमती भए सरकार सकरात्मक रहेको भन्दै प्रस्ताव लिएर उद्योगमन्त्रालय आउन उनले अनुरोध गरे। सिन्धुलीमा अल्लो, जुनार, सिमेन्ट लगाएतका उद्योगको स्थापना गर्न सकिने भन्दै सम्भावना वोकेको उद्योग सञ्चालन गर्न मन्त्रालय तयार रहेको आश्वासन दिए। गाउँमा सम्भावना भएका कच्चा पदार्थको प्रयोग गर्दै साना उद्योग र उद्यमीको विकास गर्न सरकारले सकरात्मक सहयोग गर्ने भएकाले उद्यमीको विकास गर्न पर्नेमा मन्त्री जोशीको जोड थियो ।  सञ्चालनको तयारीमा रहेको हेटौडा कपडा उद्योगबाट नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी अन्य कर्मचारी लगायतको पोशाक उत्पादन गर्न छलफल गरेर अगाडी बढ्ने तयारीमा रहेको जानकारी दिए। 

उद्योग मन्त्रि जोशीले बैशाखको दोस्रो हप्तामा स्थानीय निकायको चुनाव हुने भएकाले गाउँ–गाउँमा गएर चुनावि वातावरण सिर्जन गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। लामो समयदेखि स्थानीय निकायको निर्बाचन नभएकाले निर्बाचन आफै चुनौतीपुर्ण भएको भन्दै उनले निर्बाचनमा काँग्रेसनै बिजय हुने गरि लाग्न कार्यकर्तालाई जोशीले निर्देशन दिए।

प्रकाशित: १८ पुस २०७३ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App