४ वैशाख २०८१ मंगलबार
राजनीति

संशोधन प्रस्ताव संसदमा टेबल गरेर देखाउन चुनौती

काठमाडौं–सरकार र मधेसी मोर्चाबीच आगामी संसद बैठकमा संविधान संशोधन प्रस्ताव टेवल गर्ने सहमति भएसँगै प्रतिपक्ष एमालेले कडा प्रतिक्रिया जनाएको छ। एमालेले संसदमा संशोधन प्रस्ताव टेबल गरेर देखाउन सरकारलाई चुनौती दिएको छ।

आइतबार प्रेस चौतारी काठमाडौंले आयोजना गरेको कार्यक्रममा एमाले महासचिव इश्वर पोखरेलले संशोधन प्रस्ताव टेबल गरेर देखाउन चुनौती दिएका हुन्। उनले संशोधन प्रस्तावप्रति एमालेसहित विपक्षी दलको धारणमा कुनै परिवर्तन नआएको भन्दै महासचिव पोखरेलले कुनै पनि हालतमा संशोधन प्रस्ताव टेबल हुन नदिने दाबी गरे।

‘संशोधन प्रस्ताव मुलुकको हितमा छैन भन्ने एमालेसहितका प्रतिपक्ष दलको धारणामा कुनै परिवर्तन आएको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा सरकार र मधेसी मोर्चाले संशोधन प्रस्ताव टेबल गर्ने चर्चा बाहिर आएको छ। हेरौं कसरी टेबल हुँदोरहेछ।’ पोखरेलले सभामुख ओनसरी घर्तीले दलहरुलाई विषयमा मात्र नभएर प्रक्रियामा समेत सहमति गर्न आग्रह गरेको सभामुखको भूमिकाप्रति आफूहरुलाई आपत्ति नभएको जनाए।

संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयन मुलुकको पहिलो प्राथमिकता रहेको भन्दै संधिवान कार्यान्वयन गर्ने दिशामा सरकारलाई सहयोग गर्न एमाले तयार रहेको बताए। उनले निर्वाचन सम्बन्धी कानुन सरकारले संसदमा पेश गरे सदनको अवरोध हटाउने उनको भनाइ थियो।

पोखरेलले संविधान जारी गर्नु अगाडि कसले कति प्रदेशको प्रस्ताव गरेभन्नुको कुनै औचित्य नभएको उनले जना। ‘संविधान जारी भइसकेपछि त्यस अगाडिका विषयलाई लिएर विवाद गर्नुको कुनै औचित्य छैन,’ उनले भने, ‘संविधान संशोधन अगाडि एमाले,कांग्रेस र माओवादीले फरक फरक प्रस्ताव गरेका थिए। अहिले एमालेलाई मात्रै किन खेदेको।’
उनले प्रमुख प्रतिपक्षसहित विपक्षी दलले पुस २२ गते गर्ने आमसभाले धेरै विषयको निर्धारण हुने बताए।

प्रकाशित: १७ पुस २०७३ ०६:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App