७ वैशाख २०८१ शुक्रबार
राजनीति

चीनद्वारा पौने १६ अर्ब अनुदान

काठमाडौं- चीन सरकारले नेपाललाई १५ अर्ब ७० करोड रुपैयाँ अनुदान दिने भएको छ। उक्त रकम स्याफ्रुबेसी–रसुवागढी राजमार्ग स्तरोन्नति, निजामती अस्पताल 'रिनोभेसन' र भूकम्प पुनर्निर्माणका लागि दुवै देशबीच सम्झौता भएका परियोजनामा खर्च गरिनेछ।

बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा यो अनुदानले नेपाल र चीनबीचको  कनेक्टिभिटीलाई बढाउन सहयोग गर्नेछ।

'यसले पर्यटन, व्यापार र लगानीका साथसाथै स्वास्थ्य सेवामा सुधार गर्न सघाउनेछ र भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण सहयोग मिल्नेछ', विज्ञप्तिमा उल्लेख छ।

अनुदान सम्झौतामा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेल र चीन सरकारका तर्फबाट वाणिज्य उपमन्त्री झाङ सिआङचेनले हस्ताक्षर गरेका छन्।

तातोपानी नाका भूकम्पपछि बन्द रहेकाले नेपाल–चीनबीच अहिले रसुवागढी–केरुङ नाकाबाटमात्र सम्पर्क हुँदै आएको छ।

प्रकाशित: १५ पुस २०७३ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App