coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनबिना निर्वाचन घोषणा भए मान्दैनाैंः उपेन्द्र यादव

काठमाडौँ-सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनपछि मात्र स्थानीय निकायको निर्वाचनमा जानुपर्ने बताएका छन् ।

“संविधान संशोधन गरी मेधसी समुदायका मुद्दा सम्बोधन गरेपछि मात्र स्थानीय, प्रदेश र सङ्घीयको निर्वाचनमा जानुपर्छ, यदि संशोधनबिना नै निर्वाचनको घोषणा गरियो भने मधेसी मोर्चालाई स्वीकार्य हुँदैन”–रिपोटर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले भने ।

अध्यक्ष यादवले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) र नेपाली काँग्रेसले दोहोरो चरित्र देखाएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

लामो समयदेखि अवरूद्ध संसद् खुलाएर संविधान संशोधनलाई संसदीय प्रक्रियामार्फत टुङ्गो लगाउनुपर्नेमा उनले जोड दिए ।

एक प्रश्नको जवाफमा अध्यक्ष यादवले भने,–“पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग पार्टी एकताबारे सम्भावना भए पनि त्यसबारेमा अहिलेसम्म छलफल मात्रै भएको छ ।”

उनले (एमाले) र काँग्रेसले विभिन्न बहानामा सङ्घीयता, गणतन्त्रलगायत अहिलेसम्मका उपलब्धी जोगाउने भन्दा पनि गुमाउने तर्फ बढी भूमिका खेलिरहेको आरोप लगाए । रासस

प्रकाशित: १३ पुस २०७३ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App