४ वैशाख २०८१ मंगलबार
राजनीति

आवश्यक परे सरकार परिवर्तन गर्नुपर्छ: मन्त्री नायक

भक्तपुर–कानुनमन्त्री अजय शंकर नायकले मधेसको माग सम्बोधन गर्ने अन्तिम बिकल्प स्थानीय निकायको निर्वाचन भएको बताएका छन्। रफत सञ्चार क्लबले बुधबार गरेको साक्षात्कारमा नायकले मधेसी मोर्चा र एमालेलाई आ–आफ्नो हठ् त्याग्दै निर्वाचनको वाताबरण श्रृजना गर्नेतर्फ लाग्न आग्रह गरे।

सबैले स्थानीय तहको निर्वाचनको विषय उठाइरहेको तर  संसदमा निर्वाचन विधयक रोकिएको अवस्था रहेको उनले बताए। शंकरले निर्वाचन विधेयक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नेतर्फ अगाडि नबढे नेपाल र नेपालीले ठूलो क्षति भोग्नुपर्ने भनाइ राखे।

आवश्यक परे राष्ट्रको निकासकालागि राष्ट्रिय सहमतिको सरकार निमार्ण गरी निकास दिनुपर्नेमा नायकले जोड छ। एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका खेल्दै राष्ट्रको आवश्यकतालाई बुझेर अगाडि बढेर निकासको लागि अग्रसर बन्नुपर्नेमा उनले जोड दिए।

प्रतिपक्षको भूमिका रहेको एमालेले जसरी राष्ट्रवादको कुरो गरिरहेको छ यो समय सान्दर्भिक नभएको भन्दै विदेशीको पैसाले पार्टीको संगठन बिस्तार गर्ने र राष्ट्रवादको कुरो गर्नु अमिल्दो रहेको उनको टिप्पणी छ ।
 
 

प्रकाशित: ६ पुस २०७३ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App