७ वैशाख २०८१ शुक्रबार
राजनीति

आदिवासी जनजाति महासङ्घमा बराम विजयी

आदिवासी जनजाति महासङ्घको अध्यक्षमा निर्वाचित जगत बराम।

चितवन-नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनले जगत बरामको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  नयाँ नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)लगायत अन्य साना दलकोे प्यानलबाट जगत बरामले नेकपा (एमाले)का तर्फबाट अध्यक्षका उम्मेदवार रहेका सूर्य भुजेललाई आठ मतले पछि पार्दै विजयी भएका हुन्। ५६ मतदाता रहेको महासङ्घमा बरामले ३१ र भुजेलले २३ मत पाएका थिए भने एक मत बदर र एकजना मतदानमा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, महासचिवमा गठबन्धनकै नित्यनन्द ताजपुरिया र कोषाध्यक्षमा मुकुन्द पहारी विजयी भएका छन्।  महासचिवमा विजयी ताजपुरियाले ३५ र उनका प्रतिद्वन्द्वी टासी ह्याल्मुले १५ मत प्राप्त गरे। यसैगरी, कोषाध्यक्षमा मुकुन्द पहारीले ३६ र उनका प्रतिद्वन्द्वी प्रेमीलाल चौधरीले १५ मत प्राप्त गरेका थिए। गत शनिबार सुरु भएको महाधिवेशन विवादका कारण आज मात्रै सम्पन्न भएको हो ।

एमाले विरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति र राप्रपाको गठबन्धन बनेको थियो । यसअघि महाधिवेशनले प्रदेश अनुसारको विधान संशोधन गरेको छ ।

तेह्र सदस्यीय सचिवालयलाई बढाएर २१ सदस्यीय बनाएको महासङ्घका अध्यक्ष नगेन्द्र कुमालले बताए । संशोधित विधान अनुसार अध्यक्ष, महासचिव र कोषाध्यक्षसहित आठ उपाध्यक्ष र १० सचिव हुने व्यवस्था गरिएको उनले जानकारी दिए। रासस

प्रकाशित: ६ पुस २०७३ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App