८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधन प्रस्ताव परास्त गर्न दिनु पर्‍यो : दाहाल

पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल। तस्विरः चुमन बस्नेत

विराटनगर— प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा पेश भएको संविधान संशोधनको प्रस्ताव परास्त भए पनि फरक नपर्ने बताएका छन्। उनले सत्तासिन दल नेपाली काँग्रेस र माओवादी(केन्द्र)ले मात्रै भोट हाल्दा संशोधन प्रस्ताव परास्त भए केही फरक नपर्ने बताए।

‘परास्त हुन्छ भने के फरक पर्‍यो,’ आइतवार प्रेस सेन्टरले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले भने, ‘काँग्रेस–माओवादीले मात्र भोट हाल्दा संशोधन प्रस्ताव परास्त हुन्छ, परास्त गर्न दिनुपर्‍यो, रोकेर बसेर हुँदैन।’ उनले संसद चल्न नदिएर बिपक्षी दल नेकपा एमालेले गैर लोकतान्त्रिक चरित्र देखाएको टिप्पणी गरे।

‘प्रतिपक्षले जति छिटो कुरा बुझ्छ, राजनीति गतिरोध त्यति छिटो नै अन्त्य हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘पारित गरिदिनुस, समर्थन गरिदिनुस भनेकै छैन, संसदमा विपक्षीले आफ्नो मत राख्नुपर्‍यो।’

प्रधानमन्त्री दाहालले संशोधनमा मधेसी मोर्चाले पनि समर्थन जनाइसकेको र राप्रपाले पनि केही छलफल र परिमार्जनपछि समर्थन गर्ने बताइसकेकाले परास्तै हुने अवस्था नरहेको बताए। ‘संशोधन प्रस्तावमा अधारभूत कुरामा परिमार्जन हुँदैन,’ उनले भने, ‘भाषा र संघिय आयोगका केही कुरामा भने फेरबदल गर्न सकिन्छ । संघियतामा केही फेरबदल हुँदैन ।’

संसद गतिरोध गरिरहेका विपक्षी दलसित ३ वटा मुद्दामा छलफल भइरहेको प्रधानमन्त्री दाहालले जानकारी दि । एउटा, संशोधन प्रस्तावको टुंगो, दोस्रो लोकमान सिंह कार्कीमाथि लागेको महाअभियोगको प्रस्ताव र तेस्रो चुनावको मिति घोषणा। ‘यी तीनवटै मुद्दामा विपक्षीसँग लगातार छलफल भइरहेको छ,’ उनले भने,‘संसद रोकेर यी मुद्दाबाट पछि हटनेहरु देशको निकास राक्ने खोजेको ठहरिन्छ।’

उनले प्रस्ताव दर्ता गराउनु सरकारको अधिकार रहेको र दर्ता गरिएको प्रस्ताव पारित वा परास्त गर्ने अधिकार संसदको रहेकाले संसदको गतिबिधि नरोक्न विपक्षी दलसित आग्रह गरे। ‘प्रतिपक्षले जति छिटो कुरा बुझ्छ, राजनीति गतिरोध त्यति छिटो नै अन्त्य हुनेछ,’ प्रधानमन्त्री दाहालले भने, ‘पारित गरिदिनुस, समर्थन गरिदिनुस भनेकै छैन, संसदमा विपक्षीले आफ्नो मत राख्नुप¥यो।’

दाहालले आफूले पेश गरेको प्रस्ताव फेल गराउने चाहना सरकारको हुनै नसक्ने बताउँदै त्यो कल्पना गर्नु घातक हुने बताए। ‘तर्क–बितर्क सबै गरी हामी संशोधन प्रस्तावलाई पारित गराउन चाहन्छौ,’ उनले भने, ‘प्रतिपक्षले असफल पार्न खोज्छ भने यो उहाँहरुको अधिकार हो।’

आइतवार विराटनगर आइपुगेका प्रधानमन्त्री दाहाल यहाँस्थित एशियाटिक होटलमा सुरक्षा अंगका प्रमुखहरुसित छलफल गरेका छन्। दाहालले उनको पार्टी माओवादी(केन्द्र)का प्रदेश नम्बर १ को भेलालाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित: ३ पुस २०७३ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App