३१ असार २०७७ बुधबार
राजनीति

प्रधानमन्त्रीले भने ‘ बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्, म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार छु’

नेपाल आदिवासी जनजाति महासंघको शनिबार भरतपुरमा सुरु भएको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहाल।

चितवन–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सवै बाहुन क्षेत्री जनजाति आदिवासी समुदायको विरोधी नभएको बताएका छन्। उनले आफूलाई आदिवासी समुदायको हक अधिकारका लागि लड्ने बाहुन भएको बताउँदै नेपाल आदिवासी जनाजाति महासंघको नवौं महाधिवेशन उद्घाटन समारोहमा भने, ‘अहिल्यै हेर्नु न एकथरी बाहुन क्षेत्री संघीयता खोस्न तम्सेका छन्। यदि त्यसो गरेमा म प्रधानमन्त्री कार्यालयबाटै विद्रोह गर्न तयार भएर बसेको छु।’

भरतपुरमा शनिबार सुरु भएको आदिवासीको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सकिने कार्यक्रम छ। नेपालको संविधान अपुरो र अधुरो रहेको निश्कर्षसहित संशोधनकालागि अभियान चलाउने आदिवासी जनजाति महासंघको अडान रहँदै आएको छ। प्रधानमन्त्री दाहालले संविधान जारी गर्दा नै यो अपुरो छ भनेर घोषणा गर्ने पार्टीको नेता आफू नै भएको बताए।

‘लामो संघर्ष र बलिदानले ल्याएका केही परिवर्तनलाई संस्थागत गरेर अगाडि बढ्न त्यो बेला संविधान ल्याउनु अपरिहार्य थियो र जारी भयो। तर यो अपुरो छ भन्दै भिन्न मतसहित हामीले संविधान जारी गरेका कारण पूर्णता दिने जिम्मेवारी पनि मेरो नै हो’, प्रधानमन्त्री दाहालले भने। हेपिएका थिचिएकाका कारणले नै आफु दुई दुई पटक प्रधानन्त्री भएको बताउँदै दाहालले यसको गुन र ऋण चुक्ता गरेरै छाड्ने दाबी गरे।

संघीयता खोरेज गराउन खोज्नेले टाउको उठाउन लागेको भन्दै सजग रहन प्रधानमन्त्रीले अपिल गरे। ‘तपाइँहरुले सुन्नु भएकै छ केही ठूला पार्टीका ठूलै मान्छेहरु संघीयता खारेज हुनु पर्ने कुरा गर्न थालेका छन्। यस्तो बेलामा जनताको अधिकार दिलाउन १० वर्ष लडेको मेरो पक्षमा तपाइँहरु उभिनै पर्छ। संसोधनका लागि सरकारले ल्याएको प्रस्तावलाई जनजातिले साथ दिनै पर्छ’, प्रधानमन्त्री दाहालको अपिल थियो।

प्रकाशित: २ पुस २०७३ १५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App