coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसोधन प्रस्ताव फिर्ता हुँदैन, संसद चल्न नदिए एमालेलाई घाटा: देउवा

चितवन–सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनकालागि संसदमा दर्ता भएको प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन्। नेपाली काँग्रेस चितवनले बिहीबार बिहान भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले एमालेले मधेस र पहाडबीच दूरी बढाउने काम गरेको र यो राष्ट्रको खिलापमा भएको आरोप लगाए।

‘संसोधन प्रस्ताव काँग्रेस र मओवादीको हो तर ती पहाडी जिल्ला मधेसबाट अलग राख्ने विषयमा सुशील कोइराला र केपी ओली बीचमै सहमति थियो। त्यस्तै प्रस्तावमा उहाँहरुबीच हस्ताक्षर पनि भएको हो। अब मधेसीले त्यही मागेका छन्। दिन किन गाह्रो’, देउवाले भने। शान्ति हुन्छ मेलमिलाप हुन्छ र राष्ट्र एक हुन्छ भने संशोधनका लागि एमालेले सहयोग गर्नु पर्ने उनले बताए।

‘तर एमालेले मधेसी पहाडीबीमा झगडा र विभाजन ल्याउने काम गरेको छ । यसले पहाड मधेसको दूरी बढ्छ । यसरी दूरी बढाउने काम राष्ट्रको खिलापमा हुन्छ’, काँग्रेस सभापति देउवाको भनाइ थियो। संविधान संशोधनको विषयमा सहयोग नगरे एमालेलाई घाटा हुने देउवाले बताए।

‘संसदमा आएको प्रस्ताव फेल गराएर देखाए भयो नि तर संसद रोक्नु भएको छ । कतिसम्म रोक्ने ? हद हुन्छ नि, यसो गर्ने हो भने घाटा उहाँहरुलाई नै छ’, उनले भने। पुरानै संरचनामा स्थानीय चुनाव गराउने विषयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली र आफूबीच सहमति भएको, संख्या पुरानै भए पनि अधिकार भने कटौती नहुँने देउवाले बताए।

‘संख्या अहिलेकै हुन्छ तर नगरपालिका जस्तै गाउँ विकास समितिलाई गाउँपालिका नाममाकरण गरेर स्थानीय चुनाव गराइने छ। संविधानमा व्यवस्था भए अनुसारका आउने बजेट र अरु अधिकार कटौती हुने छैन । अर्थमन्त्रालयबाट अब बजेट सिधै गाउँ गाउँमा आउँदै छ । चुनावको तयारीमा लाग्नुस । काँग्रेसलाई जिताउँनुस’, नेता देउवाले कार्यकर्ताहरुलाई अपिल गरे।

प्रकाशित: ३० मंसिर २०७३ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App