२६ श्रावण २०७७ सोमबार
राजनीति

देउवाले भने ‘स्थानीय चुनाव हुन्छ हुन्छ हुन्छ, तयारीमा लाग्नुस’

चितवन–सत्तारुढ नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव तत्कालै हुने भएका कारण तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्। नेपाल महिला संघ केन्द्रीय समितिले तीन प्रदेशका कार्यकर्ताका लागि भरतपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै देउवाले भने, ‘अब स्थानीय चुनाव हुन्छ हुन्छ हुन्छ । तयारीमा लागिहाल्नुस्।’

‘हामी म्याद थप्दै संसदको आयु बढाउने पक्षमा छैनौं । आउँदो वर्षको माघसम्म स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव गर्नै पर्ने बाध्यता छ। अब हामी चुनाव तिर लाग्छौं। मैले एमाले अध्यक्ष केपी ओलीसँग यही कुरा गरेको हो। उहाँको पनि यसमा सहमति छ’, सभापति देउवाले भने। संसद अवरोध गरेकोमा एमालेप्रति भने देउवा आक्रोशित देखिए।

‘सीमा जोगएर बसेका मधेसी समुदायप्रति एमालेको अविश्वास गरेको छ। मधेसीलाई मान्य हुने गरेर संविधान संशोधन गर्न खोज्दा संसद नै चल्न नदिने एमालेको कामले सो पार्टी मेलमिलाप नै चाहँदैन भन्ने देखिएको छ’, देउवाले भने। संशोधन प्रस्ताव पारित हुने डरले नै एमालेले संसद चल्न नदिएको र यसो हुँदा धेरै उपलब्धि गुम्ने खतरा बढेको देउवाले बताए।

‘सवैलाई मनाएर चुनावमा जानु पर्ने अवस्थामा संसद चल्न नदिएर एमालेले अफ्ठ्यारो पारेको छ। यसो हुँदा हामीले प्राप्त गरेका धेरै उपलब्धि गुम्ने खतरा छन्। त्यसो भयो भने त्यसको अपजस एमालेले नै भोग्नु पर्ने हुन्छ’, देउवाले भने।

प्रकाशित: २९ मंसिर २०७३ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App