६ वैशाख २०८१ बिहीबार
राजनीति

संविधान संशोधन प्रस्ताव दिल्लीलाई खुशी पार्नः रावल

डडेल्धुरा–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले संविधान संशोधनका लागि ल्याएका चारवटा प्रस्ताव राष्ट्रघाती रहेको बताएका छन्। डडेल्धुरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले नागरिकता, संघीयताको सीमाङ्कनलगायतका चारवटा विषय संशोधन गर्दा राष्ट्रलाई गम्भीर घाटा हुने बताएका हुन्।
संविधान संशोधन भन्दै सरकारले ल्याएका प्रस्ताव मध्ये एउटा बुँदामापनि नेकपा एमाले सहमत नहुने बताउँदै उनले भने, ‘नागरिकता, सीमांकन, भाषा र जनसंख्याका आधारमा भन्ने शब्द संविधान संशोधनबाट हटाई संविधानमा अरु कुराको कमी भए संशोधनका लागि एमालेले छलफल गर्न सक्नेछ।’

संविधान संशोधन वास्तविक मधेसीलाई नभई विदेशीलाई खुसी पार्नका लागि ल्याइएको समेत नेता रावलले आरोप लगाए। कांग्रेस र माओवादीले विदेशीलाई खुसी पार्न राष्ट्र बिरोधी काम गर्न थालेका कारण एमालेले विरोध गरेको उनको भनाइ थियो। ‘कसैलाई खुसी पार्न देशलाई सती जान दिँदैनौं,’ उनले भने।

संविधान संशोधन प्रस्तावबाट दिल्ली मात्रै खुसी भएको बताउँदै नेता रावलले सरकारमै रहेका दलहरुका नेता संशोधनको विरुद्धमा आन्दोलनमा रहेको जिकिर गरे।
संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म नेकपा एमाले निर्वाचनमा जान नसक्ने समेत नेता रावलले बताए। सुदूरपश्चिम अखण्ड नै रहने बताउँदै उनले बनाइएका सात प्रदेश बाहेक अरु कुनै पनि सहमति नहुने बताए।

प्रकाशित: २६ मंसिर २०७३ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App