coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं–सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत युवा विद्यार्थीले  अनावश्यक वैदेशिक चलखेल तथा हस्तक्षेप अन्त्यका लागि भन्दै आइतबार दुई बजे परराष्ट्र मन्त्रालयका ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।  एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियू तथा युवासँगलगायत युवा विद्यार्थी संगठनले विदेशी हस्तक्षेपको विरुद्ध परराष्ट्रमन्त्रालयमा ज्ञापनपत्र बुझाउने भएका हुन्।

संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलका भातृ संगठनहरुले संशोधन प्रस्तावको विरुधमा चरणबद्ध रुपमा विरोधका कार्यक्रम गर्दै आएका छन्। सोही विरोधका कार्यक्रम अन्तर्गत आइतबार परराष्ट्रमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाउने तयारी भएको अनेरास्ववियुका सचिव आसी लामिछानेले जानकारी दिए।

प्रकाशित: २६ मंसिर २०७३ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App