राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘गाडी फेरीरहने ड्राइभर’को संज्ञा दिएका छन्। उनले सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालमाथि यस्तो टिप्पणी गरेका हुन।
‘गाँउघर कहिले काही यस्तो ड्राइभर भेटिन्छ, छिनछिनमा गाडी फेरी राखेको हुन्छ। कहिले कसको गाडी चलाइरहेको हुन्छ । कहिले कसको गाडी चलाइरहेको हुन्छ। गाडी चलाइरहेको हुन्छ। मान्छेहरुले भन्छन यो टिकाउ नै छैन। गाडी फेरिरहेको राख्छ यो। धेरै दिनै बस्दैन। कहिले काही धेरै गाडीहरु फेरी ड्राइभर धेरै ठाउको अनुभवले नयाँ गाडी दिन योग्य हुन्छ की भन्ने लाग्छ’, लिङदेलले भने।
उनले थपे, ‘यो चोटी राप्रपाले खासगरी सरकारमा सहभागी हुन केही थान मन्त्रालय लिएर मन्त्री हुने त्यस्तो मनसाय राखेको थिएन। तर यस्तै चाँही गाडी फेरी राख्ने ड्राइभर, तपाईहरुको गाडी चलाउछु भनेर आएपछि अनुभवी ड्राइभर छ भनेर गाडी पनि यो पनि यो मेरो गाडी पुरानो भयो। थोत्रो भयो। तपाईहरुको नयाँ गाडीछ चलाउछु, चढछु र हाक्छु भनेर आएपछि लाइसेनस भएको मान्छे। गाडी पनि का हाइ«ोजन गाडी दिएको गाडी स्टाट नहुदै ड्राइभर हामफालेर पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने? गाडी पछि छ, चलाउने सिप पनि छ लाइसेनस छैन। कुर्नुपर्ने भयो राप्रपाले अब। हाम्रो त्यो अवस्था भयो। धेरै कुरा भन्नु छैन। प्रधानमन्त्री जीलाई अर्को यात्राको शुभकामना छ।’
प्रकाशित: ६ चैत्र २०७९ ०९:३४ सोमबार