coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्वपक्षीय भेलामा तीन दलका नेता बुटवल आउँदै, जुलुसमा सहभागी हुने

बुटवल- संविधान संसोधन विधेयकलाई लिएर 5 नम्बर प्रदेशमा उत्पन्न समस्या समाधान गर्न आज सर्वपक्षीय भेला आयोजना हुँदैछ। बुटवलमा हुने भेलामा सहभागी हुन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम, सचिव विष्णु पौडेल र घनश्याम भुषाल बुटवल आउने भएका छन्।

त्यस्तै नेपाली कांग्रेसका चन्द्र भण्डारी र माओवादी केन्द्रका टोपबहादुर रायमाझी पनि भेलामा सहभागी हुँदैछन्। यिनै नेताहरुको अगुवाईमा आज बुटवलमा विरोध प्रदर्शन पनि हुने बताइएको छ। बुटवलको चौराहादेखि ट्राफिक चोकसम्म जुलुस प्रदर्शन गर्ने र यिनै नेताले ट्राफिक चोकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार बिहान बुटवलका विभिन्न उद्योगी व्यवसायीहरुले ५ नम्बर प्रदेश टुक्र्याएको भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरुले छुट्याइएका जिल्ला ५ नम्बर प्रदेशमै गाभ्न माग गर्दै विरोधमा उत्रिएका हुन्।

यता एमालेका रुपन्देही इन्चार्ज एवं केन्द्रीय सदस्य लीला गिरीले स्थिति नभड्काउन सबैसँग अपील गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै सबैलाई संयमित रहन आग्रह गरेका छन्।

 

प्रकाशित: १७ मंसिर २०७३ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App