७ वैशाख २०८१ शुक्रबार
राजनीति

बेल्जियमका सांसदले नेपाल भ्रमण गर्ने

लन्डन- बेल्जियको सत्तारुढ दलको उपनेता सहितको एक संसदिय प्रतिनिधि मण्डलले नेपालको भ्रमण गर्ने भएको छ । एनभिए पार्टीको संसदीय दलकी उपनेता श्रीमती रीता वेलन्ससहितको एक उच्चस्तरीय टोलीले आगामी अप्रिल महिनाको पहिलो साता नेपालको भ्रमण गर्न लागेको हो।

एनभिए पार्टीका क्षेत्रीय सदस्य कृष्ण प्रसाद रेग्मीका अनुसार टोलीका अन्य सदस्यमा सांसद सुश्री डा. योलिन भान क्याम्प, फलामिस प्रधानमन्त्रीका गृहप्रशासन सम्बन्धित सल्लाहाकार श्रीमती मिट भान्दरस्टेगन, छोरी परियोजनाका सल्लाहाकार लिन्दा एभरार्ट, नोवेर्ट र भिभियाने,  नगर उपप्रमुख वेल्स, पत्रकार मार्क हेर्सनलगायतको टोलीले नेपालको भ्रमण गर्ने भएको छ।

चितवनमा सञ्चालित छोरी परियोजनाको अन्तर्राष्ट्रिय संयोजकसमेत रहेका रेग्मीले प्रतिनिधि मण्डलले नेपालमा रहँदा प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री तथा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणलगायतका पदाधिकारीहरुसँग दुई पक्षीय हितका सम्वन्धमा छलफल गर्ने बनाए।

टोलीले भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै छोरी परियोजनाको बहुउद्देश्यीय सामुदायिक भवनको निर्माणको शिल्यान्यास पनि गर्नेछ।

प्रकाशित: १६ मंसिर २०७३ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App