२४ असार २०७७ बुधबार
राजनीति

नयाँ शक्ति निकट युवा संगठनको महाधिवेशन फागुनमा

काठमाडौँ- नयाँ शक्ति पार्टी, नेपाल निकट युवा सङ्गठन राष्ट्रिय युवा अभियानको प्रथम सङ्घीय महाधिवेशन आगामी फागुनमा हुने भएको छ।

प्रथम सङ्घीय महाधिवेशन फाल्गुण १९, २० र २१ गते पोखरामा हुने सङ्गठनका प्रवक्ता टेकेन्द्र जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महाधिवेशन सफल पार्न विभिन्न उपसमितिसमेत गठन गरिएको छ।

त्यसैगरी रोजगार/स्वरोजगार, उद्यमशीलता सम्बन्धमा स्थानीयस्तर, जिल्ला, प्रदेश र केन्द्रमा युवा र विज्ञको टोली निर्माण गरी सम्भाव्यता खोजी, अध्ययन, अनुसन्धान र कार्य सम्पादनका लागि पहल थाल्ने निर्णय विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै महाधिवेशनमा सङ्गठन निर्माण कार्यदलको प्रतिवेदन र सिफारिसबमोजिम सचिवालय र आयोजक समितिमा आवश्यक थपघट गर्दै ९६ सदस्यीय सचिवालय सदस्यसहित जम्मा ३६५ सदस्यीय आयोजक समिति कायम गरिने भएको छ ।

मुलुकको समसामयिक र ज्वलन्त विषय बनिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा सरोकारवालाको व्यापक सहभागितामा काठमाडौँ र प्रदेशस्तरमा समेत तत्काल बृहत अन्तक्र्रिया गर्ने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ। रासस

 

प्रकाशित: १४ मंसिर २०७३ १८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App