४ वैशाख २०८१ मंगलबार
राजनीति

समयमै निर्वाचन गराउन प्रमुख दलहरुबीच सहमति आवश्यक: प्रमुख निर्वाचन आयुक्त

उदयपुर- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयभित्रै स्थानीय निर्वाचन गराउन राजनीतिक दलहरुबीचको असहमति अन्त्य गर्नुपर्ने बताएका छन्। सोमबार गाईघाटमा आयोजित जिल्ला निर्बाचन कार्यालय उदयपुरको भवन सिलान्यास कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले ०७४ माघ ७ गते भित्रै स्थानीय तहको निर्बाचन गरिसक्नुपर्ने कानुनी बाध्यता स्मरण गराउँदै त्यसका लागि दलीय सहमति अनिवार्य भएको बताएका हुन्।

तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु आयोगको जिम्मेवारी भएको बताउँदै यादवले त्यसका लागि सरकार र राजनीतिक दलहरु तयार हुनुपर्ने बताए। उनले दलहरु र सरकारलाई पटक पटक सजग गराएको भन्दै अहिले पनि घच्घच्याईरहेको बताए।  स्थानीय चुनाव राष्ट्रका लागि  महत्वपूर्ण रहेको भन्दै यादवले ०५४ सालदेखि अहिलेसम्म युवाहरुको ठूलो हिस्सा जीवनको महत्वपूर्ण समयमा जनप्रतिनिधि छनौट गर्ने अवसरबाट वञ्चित हुनुपरेको भन्दै आयुक्त यादवले बताए। ‘लगभग २० वर्षयता देशको ठूलो हिस्सा युवापुस्ताले जनप्रतिनिधि छनौट गर्न पाएका छैनन्’ डा. यादवले भने ‘संक्रमणकालका कारण हुन नसकेको चुनाव अव संविधान बनिसकेपछि तोकिएकै समयमा हुनुपर्छ।’

सरकारले आउँदो चैतभित्र स्थानीय निर्बाचन गराउने मिति तोके अनुरुप आयोग तयार रहेको बताउँदै उनले तर, सरकार र दलहरु निर्बाचनप्रति उदासिन देखिएको बताए। सरकार र सरकारमा सहभागी दलहरुबीच स्थानीय तहको निर्वाचन गराउनबारे अहिलेसम्म प्रष्ट धारणा नआईसकेको भन्दै उनले दलैपिच्छेका शीर्षस्थ नेताहरुको भनाई चुनावसम्बन्धी फरक फरक आईरहेकाले शंका लागेको बताए। राजनीतिक दलहरुबीचको असहमति तथा आवश्यक ऐन, कानूनको अभावले पनि चुनाव अन्यौलमा परेको उनको भनाई छ।

 

प्रकाशित: १३ मंसिर २०७३ १०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App