coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संविधान संशोधनको एजेण्डाले मन्त्रिपरिषदमा प्रवेश पाएन

काठमाडौं–संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्न तयारीकालागि बसेको मन्त्रिपरिषद बैठक उक्त विषयमा प्रवेश नै नगरी सकिएको छ।  आइतबार बसेको मन्त्रिपरिषद बैठक विभिन्न मन्त्रालयका एजेण्डामाथि सामान्य छलफल गर्दै सकिएको छ।

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै दलको सहमतिमा नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने र त्यसकालागि एकपटक सबै दलसँग छलफल आवश्यक रहेको बताएपछि संविधान संशोधनको विषय औपचारिक रुपमा बैठकमा प्रवेश नपाएको जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जानकारी दिए।

आइतबार प्रधानमन्त्री दाहालले सरकारमा सहाभागी दलका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी मन्त्रिपरिषदमा संशोधन प्रस्ताव दर्ता गर्ने बताएका थिए। तर मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले संशोधनको प्रस्ताव नै नल्याएको मन्त्री जोशीले बताए।

‘प्रधानमन्त्रीले सबै दलको सहमतिमा मात्र संविधान संशोधन दर्ता गराउने भन्नु भएको छ,’ मन्त्री जोशीले भने। प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष, सत्तापक्ष, मधेसी मोर्चा, आदिवासी जनजातिसँग परामर्श गरेर मात्र संविधान संशोधन प्रस्ताव ल्याउने बताएका थिए। ‘प्रधानमन्त्रीज्यू धेरै तनावमा हुनुहुन्छ,’ मन्त्रिपरिषद स्रोतले भन्यो, ‘उहाँ आफ्नै पार्टीको विरोध, कांग्रेस, एमाले र मोर्चासमेत असन्तुष्टि भएको अवस्थामा कसरी सबैलाई मिलाएर लैजाने भन्नेमा नै चिन्तित हुनुहुन्छ।’
 

प्रकाशित: १२ मंसिर २०७३ ०९:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App