२८ असार २०७७ आइतबार
राजनीति

बामपन्थी नेता ज्ञवाली रहेनन्

नेपालगन्ज–वामपन्थी आन्दोलनका नेता माधव ज्ञवालीको निधन भएको छ । उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिवार बिहान २ बजे ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

पाँच वर्षदेखि मिर्गौला समस्याबाट पीडित रहेका नेता ज्ञवालीलाई डाईलासिश गर्न शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको पार्थिक शरीरलाई नेपालगन्ज–१३ भृकुटीनगरस्थित निवासमा राखिएको छ ।

मध्यान्ह १२ बजे अन्तिम श्रद्धान्जली दिइसकेपछि राप्ती नदीको सिधनियाघाटमा दाहसंस्कार गरिने छोरा दीपक ज्ञवालीले जानकारी दिए ।

स्वर्गीय ज्ञवाली नेकपा माक्र्सवादीका केन्द्रिय अध्यक्ष हुन् । २०१३ सालमा वामपन्थी नेता मोहन विक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टीको योङ कम्युनिष्ट लिगबाट कम्युनिष्ट आन्दोलनमा आवद्ध गराएका ज्ञवालीलाई २०२३ सालमा लुम्बिनी अञ्चल सदस्यका रुपमा जिम्मेवारी दिइएको थियो ।

२०२५ लुम्बिनीको अञ्चलको कमाण्ड सम्हालेका उनलाई तेस्रो राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन गरी पश्चिम क्षेत्रको जिम्मवारी दिइएको थियो । पार्टी अध्यक्ष प्रभु नारायण चौधरीको निधनपछि २०६६ देखि २०६७ सम्म कार्यबाहक अध्यक्ष हुँदै दशौं महाधिवेशन २०६७ देखि उनले पार्टी नेतृत्व सम्हाल्दै आएका थिए ।

प्रकाशित: ११ मंसिर २०७३ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App