१६ चैत्र २०८० शुक्रबार
राजनीति

भोजपुरमा गाउँपालिका केन्द्रको विवाद

भोजपुर—संयुक्त गाउँपालिका इलाका नं ८ र ९ लेखर्क र भोजपुरसहितको आन्दोलन जारी रहेको छ। संयुक्त गाउँपालिका सङ्घर्ष समितिले बुधबार गाउँपालिकासम्बन्धी आफ्ना मागलाई नयाँ स्थानीय विकास अधिकारीमार्फत आयोगमा सिफारिस गर्न अनुरोध गरेका छन्।

गोगनेस्थित विद्घेश्वर माविको ७६ औँ वार्षिकोत्सव उद्घाटन गर्न पुग्नुभएका जिल्लास्थित प्रमुख र स्थानीय विकास अधिकारीमार्फत उनीहरुले यस्तो माग गरेका हुन्।

प्रस्तावित गाउँपालिकाको केन्द्र कुनैपनि हालतमा स्वीकार नहुने भन्दै समितिले जिल्लास्थित राजनीतिक दलले आफ्ना मागप्रति बेवास्ता गरेकोप्रति कडा आपत्ति जनाएको छ। आगामी दिनमा पनि अझै बेवास्ता गरे कडाभन्दा कडा विरोधका कार्यक्रम लिएर सदरमुकाममा उत्रनेसमेत चेतावनी दिएका छन्।

स्थानीय विकास अधिकारी सीता परियारले इलाका नं ९, लेखर्कसहितको मागलाई सम्बोधन गराउनका लागि सकेसम्म अझै पहल गर्ने बताए। यसैबीच, सो सङ्घर्ष समितिले छुट्टै गाउँपालिकाको माग गर्दै थुप्रै आन्दोलनका कार्यक्रम अघि सारेको छ। रासस

प्रकाशित: ९ मंसिर २०७३ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App