coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने कांग्रेस निर्णय अलपत्र

काठमाडौं – नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्ष्यीत गरी सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय अलपत्र परेको छ। पार्टीका सबै तहका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको संगठन सुदृढीकरणका लागि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय कार्यान्वयनमा नआएको हो।

पार्टीले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको एक महिना वित्दासमेत केन्द्रीय कार्यालयले अहिलेसम्म आन्तरिक गृहकार्यसमेत गरेको छैन । भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशनमा ध्यान केन्द्रीत हुँदा जिल्ला प्रतिनिधि खटाउन ढिलाइ भएको जनाउँदै पार्टी मुख्य सचिव कृष्ण पौडेलले केहीदिनभित्रै केन्द्रीय प्रतिनिधि खटाउने दाबी गरे।

‘भ्रातृ संगठनको महाधिवेशनले केही ढिला जस्तो देखिएको छ,’ पौडेलले नागरिकसँग भने, ‘मंसिर १०/१२ गते सम्ममा कुन जिल्लामा को जाने भन्ने टुंगो लाग्छ।’

पार्टी केन्द्रीय कार्यालयले जिल्ला प्रतिनिधि खटाउनका लागि गृहकार्यसहित सूची बनाइरहेको पौडेलले दाबी गरे। केन्द्रीय प्रतिनिधिको टिओआर केन्द्रीय कार्यालय बनाइसकेको जनाउँदै पौडेलले जिल्लाको सांगठनीक अवस्थाका साथै विकास निर्णयको अवस्थाको पनि सूचना संकलन गर्ने छन्।

गाउँ देखि जिल्लासम्म संगठनको अवस्था के छ, कार्यालयको अवस्था र बैठकहरु कत्तिको नियमित छन् र कार्यसमितिहरुले पूर्णता पाए/पाएनन् र भ्रातृ तथा शुभेच्छुक संगठनहरुको अवस्थाको जानकारी केन्द्रीय प्रतिनिधिले लिने छन् । ‘विकास निर्माणको अवस्था के छ र कुन जिल्लामा केलाई जोड दिनुपर्ने छ त्यसको जानकारी केन्द्रलाई गराउने छन्,’ उनले भने, ‘स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षीत समग्र सूचना संकलन हुन्छ ।’

कांग्रेसको कात्तिक ९मा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको नीति र कार्यक्रम एवं निर्वाचन पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी संगठनको विस्तार एवं सुदृढीकरण गर्न सबै प्रदेश र सबै जिल्लामा एकमहिने अभियान सञ्चालन गर्ने र यसका लागि केन्द्रीय सदस्यसमेतलाई प्रतिनिधि खटाउने निर्णय गरेको थियो ।

१३औं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमसहित एक महिनाका लागि केन्द्रीय प्रतिनिधि जिल्ला पुग्ने पौडेलले दाबी गरे । महाधिवेशन सम्पन्न भएको आठ महिना वित्दासमेत कांग्रेसले पारित नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिएर तल्लो तहसम्म पठाउन सकेको छैन । महाधिवेशन फागुनमा भएको थियो ।

प्रकाशित: ६ मंसिर २०७३ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App