१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान संसोधनमा निर्णय गर्ने अधिकार दाहाललाई, तीन दलबीच निर्णायक वार्ता हुने

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बैठकले संविधान संसोधनको विषयमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ। सोमबार बिहान दाहाल निवास लाजिम्पाटमा बसेको बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचना र संविधान संशोधनका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।

'आज बेलुका बस्ने प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल र आवश्यक निर्णय लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई अधिकार दिएको छ,' सचिवालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

त्यस्तै पार्टीको संगठनलगायतका विषयमा आवश्यक निर्णय लिन मंसीर ११ गते पार्टीको पोलिट्ब्यूरो बैठकको आयोजना गर्ने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्। बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता भुसालले भनिन्, 'आजको बैठकमा संविधान संशोधन र पार्टीको संगठनात्मक विषयमा छलफल भयो। प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ। संविधान संशोधनका विषयमा उक्त बैठकमा छलफल हुनेछ।'

यसैबीच आज बेलुका ५ बजे संविधान संसोधनको विषयमा तीन दलबीच निर्णायक वार्ता हुँदैछ। प्रधानमन्त्री दाहालले डाकेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुको उपस्थिति रहने बताइएको छ।

प्रकाशित: ६ मंसिर २०७३ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App