७ वैशाख २०८१ शुक्रबार
राजनीति

एक चीन नीतिमा प्रतिवद्ध छौं: अर्थमन्त्री महरा

काठमाडौं- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि चीनका नवनियुक्त राजदुत यु होङले आज अर्थमन्त्रालयमा भेटबार्ता गरेकीछन्।
भेटको क्रममा उपप्रधानमन्त्री महराले नेपाललाई चीनले गर्दै आएको सहयोग प्रति आभार व्यक्त गर्दै नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको बताए। राजदुत होङले आफ्नो असल छिमेकी नेपालसँगको संबन्ध प्रगाढ बनाउँदै, यहाँको विकासका लागि सहयोग गर्न चीन सधै तत्पर रहेको बताइन्।

 

प्रकाशित: ३ मंसिर २०७३ ०९:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App