१८ जेष्ठ २०७७ आइतबार
राजनीति

हैसियत नभएकाले सामाजिक सञ्जालमा जथाभावी भाइरल बनाए : दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति असन्तुष्टि जनाएका छन्। सरकारले १०० दिन पूरा गरेको अवसरमा बिहीबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी सम्बोधन गर्ने क्रममा उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

१०० दिन पूरा गरेको अवसरमा आज शुक्रबार ‘लम्पसारको १०० दिन’ ह्यासट्याग ट्रेन्डिङ गराउने प्रयास गरेका थिए। अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता दाहाल सरकार भारतसँग झुकाव राख्ने विश्वास गर्छन्।

लाइसेन्स लिएका, एउटा हैसियत बनाएका सञ्चारकर्मीका टिप्पणी, धारणा तथा विचारहरु जिम्मेवार भए पनि सामाजिक सञ्जालबाट हैसियत नभएका व्यक्तिहरुले जथाभावी लेखेर भाइरल बनाएको उनको भनाइ थियो।

‘तपाईं पत्रकारहरु मिडिया तथा समाजिक सञ्जालमा जिम्मेवारीपूवर्क आफ्नो धारणा, टिप्पणी र विचार व्यक्त गरिरहनु भएको छ। तपाइँहरुले केही गल्ती गर्नुभयो भने तपाइँहरुसम्म पुग्न सकिन्छ, तपाईंहरुलाई समाउन पनि सकिन्छ। तर कुनै हैसियत नै नभएकाहरुले सामाजिक सञ्जालमा जथाभावि लेख्ने र भाइरल बनाउने काम गरिरहेका छन्। यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि सामाजिक मर्यादा, राष्ट्रिय दायित्व र नागरिकको जिम्मेवारी तथा कर्तव्यको ख्याल गरेर मात्रै सामाजिक प्रस्तुत हुनुपर्ने उनको धारणा थियो।
सरकारका काम कारवाहीप्रति पछिल्लो समय सामाजिक सञ्जालमा आक्रोश चुलिएको छ। भारतीय राष्ट्रपति आउँदा विदा दिने सरकारको निर्णयको सर्वसाधारणले सामाजिक सञ्जालबाट व्यापक आलोचना गरेका थिए। जवाफमा प्रधानमन्त्री दाहालले जनताले विरोध गर्दैमा विदा फिर्ता नलिने अड्डी लिएका थिए। भारतीय राष्ट्रपतिलाई स्वागत गर्न सरकारले गेट बनाइरहँदा सर्वसाधारणले ‘भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत छैन’ भन्ने ह्यासटुयाग ट्रेन्डिङ गराइदिए।

ठूला मिडिया भारत र सरकारविरुद्ध जान नसक्ने आरोप लगाउँदै अाएका सामाजिक सञ्जाल प्रयोगकर्ताले खुला विचारको अन्तरक्रियाका लागि ट्विटर र फेसबुकको प्रयोग गर्दै अाएका छन्। सामाजिक सञ्जालमा प्रत्येक व्यक्ति एउटा मिडियाको भूमिकामा रहने हुँदा तिनलाई नियमन तथा प्रभावमा लिन गाह्रो पर्छ। अधिनायकवादी सरकार यही गुणका कारण सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदै अाएका छन्। 

१०० दिन पूरा गरेको अवसरमा आज शुक्रबार ‘लम्पसारको १०० दिन’ ह्यासट्याग ट्रेन्डिङ गराउने प्रयास गरेका थिए। अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता दाहाल सरकार भारतसँग झुकाव राख्ने विश्वास गर्छन्।

 

प्रकाशित: २६ कार्तिक २०७३ १८:२८ शुक्रबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App