३० असार २०७७ मंगलबार
राजनीति

नेपाल हिन्दु गणतन्त्रात्मक देश बनाउनु पर्छः राणा

पाँचथर–राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति सम्शेर राणाले नेपाललाई हिन्दु गणतन्त्रात्मक मुलुक बनाउनु पर्ने धारणा राखेका छन्। यसका लागि राप्रपाले प्रयास थाल्ने राणाले बताएका हुन।

पूर्व मन्त्री स्व. पदम सुन्दर लावतीको शालिक अनवारणका लागि सदरमुकाम फिदिम आएका राणाले बिहीबार यस्तो धारणा राखेका हुन्।

राप्रपाले हिन्दु राज्य बनाउनका लागि वृहद कार्यक्रम अघि सार्ने उनले बताए। सबै पक्षको मागलाई सम्बोधन गर्दै हिन्दु राज्य बनाउनलागि देशभरबाट दवाव सृजना गर्ने उनको भनाई थियो। राणाले राप्रपा नेपालसँग चाडै एकता हुने समेत बताएका छन्। दुबै पर्टिलाई एक बनाउनका लागि विभिन्न चरणका छलफल भईरहेको उनले जानकारी दिए।

स्थानीय निकायको चुनाव यहि सरचनामा गर्नुपर्ने उनको भनाई थियो। पहिलेको सरचनामा स्थानीय निकायको चुनाव तत्काल गराउनु पर्ने उनको भनाई थियो।

प्रकाशित: २५ कार्तिक २०७३ १८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App