coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अंगिकृतलाई मुख्य पद र हिन्दी राष्ट्रिय भाषा असम्भव : कोइराला

महामन्त्री शशांक कोइराला।

धनगढी— नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले चीनलाई चिड्याउने गरी भारतमा तिब्बती निर्वासित सरकार प्रमुख दलाई लामासँग एउटै कार्यक्रममासहभागी हुनु गलत बताएका छन्। नेपाली कांग्रेस एक चीन नीतिमा अडिग रहेको उनले प्रष्ट पारे।

‘कांग्रेस एक चीन नीतीमा अगिड छ’, उनले भने, ‘वीपी कोइरालादेखि कांग्रेस भारत र चीनसँग समदुरी सम्बन्धको नीतिमा छ।’ एक चीन नीतिविरुद्ध कांग्रेसले कुनै गतिविधि नगर्ने उनले प्रष्ट्याए।

मंगलवार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले दलाई लामासँग जोडिएको विषय सम्वेदनशील भएको भन्दै लामासँग एउटै मञ्चमा सहभागी हुँदा चीनलाई नकारात्मक असर परेको उल्लेख गरे।

‘उहाँ(देउवा)ले के कारण सहभागिता जानाउनु भो थाहा भएन तर ठुलो दलका नेताले सम्वेदनशील बिषय बुझ्नु भएको भए जाति हुन्थ्योे’,उनले भने। पार्टीको केन्द्रीय समितीलाई यसबारेमा कुनै जानकारी नभएको उल्लेख गदै उक्त सहभागिता देउवाको व्यक्तिको भएको महामन्त्री कोइरालाले दाबी गरे।
‘कांग्रेस एक चीन नीतीमा अगिड छ’, उनले भने, ‘वीपी कोइरालादेखि कांग्रेस भारत र चीनसँग समदुरी सम्बन्धको नीतिमा छ।’ एक चीन नीतिविरुद्ध कांग्रेसले कुनै गतिविधि नगर्ने उनले प्रष्ट्याए।

कांग्रेस सभापति देउवाले भारतीय जनता पार्टी (भाजपा) निकट थिङ्क ट्यांक संस्था इन्डिया फाउन्डेसनले गोवामा हालै आयोजना गरेको एउटा सेमिनारमा तिब्बती निर्वासित नेता दलाई लामासँगै सहभागिता जनाएका थिए। भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलका छोराको सो संस्थाको सेमिनारमा भारतीय अर्थमन्त्री अरुण जेट्लीलगायतका नेताहरु सहभागी थिए।

अंगिकृतलाई मुख्य पद र हिन्दी राष्ट्रिय भाषा असम्भव
महामन्त्री कोइरालाले संविधान शंसोधनमा अंगिकृत नागरिकता पाएका विदेशीले राज्यका प्रमुख पद दिन नसकिने पनि प्रस्ट पारे। हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने कुराको पक्षमा नेपाली कांग्रेस नरहेको पनि उनले सुनाए।

भारतमा सोनिया गान्धी प्रधानमन्त्री हुन नपाएको र अमेरिकामा पनि विदेशी भूमिमा जन्मेको व्यक्ति राष्ट्रपति हुन नपाउने व्यवस्था उल्लेख गर्दै उनले भने, ‘अंगिकृतलाई राज्यका प्रमुख पद दिन असम्भव छ। यो हुने कुरा होइन।’

नेपालसँग सानो जनसंख्या र खुला सीमा भएको भारतसँग ठूलो जनसंख्या रहेकाले अंगिकृतलाई राज्यका प्रमुख पद दिए राष्ट्रिय अस्तित्व खतरामा पर्ने उनले बताए।

प्रकाशित: २३ कार्तिक २०७३ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App