coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंमा नयाँ चिनियाँ राजदूत

काठमाडौं– नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत यु होङ कायभार सम्हाल्न सोमबार नेपाल आएकी छन्।

५१ वर्षीय युले राजदूतको जिम्मेवारी पहिलो पटक सह्मालेकी हुन् । यसअघि उनले विदेश मन्त्रालयमा एसिया मामिलाका विदेशस्थित कूटनीतिक नियोगहरूमा फरकफरक भूमिकामा काम गरेकी थिइन् । यसअघि उनी इन्डोनेसियाको सुराबायामा महावाणिज्य दूतको रुपमा कार्यरत थिइन् । एसिया ममिलामा उपमहानिर्देशकसमेत बनेकी युले नर्वे र दक्षिण अफ्रिकाका नियोगमा समेत जिम्मेवारी सह्मालिसकेकी छन्।

हल नेपालमा आधा दर्जनभन्दा बढी विदेशी कूटनीतिक नियोगका प्रमुख महिला रहेको अवस्थामा यु पनि थपिएकी छन् । अमेरिका, बंगलादेश, श्रीलंका, ब्राजिल, युरोपेली युनियन र नेपालका लागि संयुक्त राष्ट्रसंघ प्रतिनिधिको जिम्मेवारी पनि महिलाले सम्हाल्दै आएका छन् । हाल नेपालका लागि अमेरिकाकी राजदूत इलाएना टेप्लिज, बंगलादेशकी राजदूत मस्फी बिन्ते साम, श्रीलंकाकी डब्लू स्वर्णलथा परेरा, ब्राजिलकी मारिया मेस्क्वेटा पेसोअ र राष्ट्र संघकी प्रतिनिधि भेलेरिया जुलिन्ड छन्।

प्रकाशित: २३ कार्तिक २०७३ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App