७ वैशाख २०८१ शुक्रबार
राजनीति

तीन दलबीचकाे छलफलपछि महाभियोग प्रस्ताव दर्ता गरिएको होः प्रधानमन्त्री दाहाल

काठमाडौं–प्रधानमन्त्री  पुष्पकमल दाहालले प्रमुख तीन दल छलफलबाट नै अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएको बताएका छन्।   प्रमुख सत्तासझेदार दल नेपाली कांग्रेसले आफूसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष एमाले र सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताइरहेका बेला प्रधानमन्त्री दाहालले प्रमुख दलबीच छलफ भएर नै महाभियोग प्रस्ताव ल्याएको बताएका हुन्। 

शनिबार साँझ प्रधानमन्त्री निवास बालुटारमा संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले महाभियोग दर्ता गराएको विषय सत्ता गठबन्धनसँग नजोडिएकोसमेत बताए। ‘महाभियोग दर्ता गर्नुभन्दा पहिला प्रमुख दलबीच छलफल भएको थियो,’ प्रधानमन्त्रीले भने, ‘ अब पनि हामीहरु सहमतिबाटै अगाडि बढ्ने हो। महाभियोग ल्याउँदा सत्ता गठबन्धनलाई कुनै असर पर्दैन।’ उनले माओवादी र नेपाली कांग्रेसबीच कुनै समस्या नरहेको बताए।

अख्तियारले माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको विषयमा छानविन गर्ने बताएपछि कार्की विरुद्ध महाभियोग प्रस्ताव ल्याएको भन्ने संचारकर्मीको जवाफमा प्रधानमन्त्री दाहालले महाभियोग प्रस्ताव र लडाकु शिविर छानविन प्रकरणमा कुनै सम्बन्ध नरहेको बताए। 

यद्यपि प्रधानमन्त्री दाहालले मुलुकको प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा रहेका बेला सो मुद्दामाथि छानविन गर्नु अश्वाभाविक भएको टिप्पणी गरे।  ‘भारतको राजकीय भ्रमणमा रहेका बेला प्रधानमन्त्रीमाथि छानविन गर्नु अनुचित र अस्वाभाविक थियो,’ प्रधानमन्त्रीले भने।


यसैबीच फरक प्रसंगमा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णयको बचाउ गरेका छन्। प्रधानमन्त्री दाहालले छिमेकी मुलुकका राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा सकारात्मक सन्देश जान्छ भनेर सार्वजनिक विदा दिएको बताए।

‘भारतीय राष्ट्रपति नेपाल आउँदा विदा दिने विषयको धेरै चर्चा भयो,’ प्रधानमन्त्री दाहालले भने,‘ भारतीय राष्ट्रपति आउँदा विदा दिनु राम्रो हुन्छ भनेर राष्ट्रपति तथा परराष्ट्र मन्त्रालयबाट सुझाव आएपछि सार्वजनिक विदा दिने निर्णय गरिएको हो। तर त्यसको सबै दोष आफ्नो थाप्लोमा आयो।’ 

प्रधानमन्त्री दाहालले सार्वजनिक विाद दिने विषयलाई संचारमाध्यमले बढी नकारात्मक टिप्पणी गरेको गुनासो गरे। ‘ट्राफिक व्यवस्थालगायतका विषयलाई मध्यनजर राख्दै भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय भएको हो,’ उनले भने,‘त्यसको विरोधमा जति लेखेपनि अब विदा दिने निर्णय फिर्ता हुँदैन।’
 

प्रकाशित: १३ कार्तिक २०७३ १४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App